सीमा क्षेत्रबाट २४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद
कपिलवस्तु : अवैध रुपमाभारतबाट नेपालतर्फ ल्याउँदै गरेको २४ लाख ५० हजार भारतीय रुपैयाँ सशस्त्र प्रहरीले कृष्णनगर सीमा क्षेत्रमा बरामद गरेको छ । भारतबाट नेपालतर्फ सीमानाकाबाट लुकिछिपी कृष्णनगर प्रवेश गर्न लागेको व्यक्तिलाई शंका लागि खानतलासी गर्न खोज्दा सो भारतीय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्कीले बताए ।
सुरुमा झोलामा सेनेटाइजर र औषधि मात्र छ भनी झुक्याएका ती व्यक्तिलाई चेकजाँच गर्न खोज्दा झोला छोडेर सीमापारी भारततर्फ भागेको सशस्त्र प्रहरीले बताएको छ ।
झोलामा ५ सय दरका ५९ वटा सयको गड्डी भारतीय रुपैयाँ बरामद भएको छ । सो रकमथप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको सशस्त्र प्रहरी उपरीक्षक ध्रुवकार्कीले बताए ।
केही दिनअघि मात्रै सशस्त्र प्रहरीले सीमा क्षेत्र चाकर चौडानजिकबाट एक व्यक्तिसहित स्रोत नखुलेको १६ लाख रुपैयाँ नेपाली बरामद गरेको थियो ।