कालिकोटमा एकै दिन पाँचजना फरार अभियुक्त पक्राउ

कालिकोटमा एकै दिन पाँचजना फरार अभियुक्त पक्राउ

कालिकोट : जिल्ला प्रहरी कार्यालय कालिकोटले एकै दिन पाँचजना फरार अभियुक्त पक्राउ गरेको छ । विभिन्न मितिमा जिल्ला अदालत कालिकोटबाट फैसला भइ फरार रहेका पाँचजना अभियुक्तलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यमबाबु ओलीयाले बताए । 

उनका अनुसार पक्राउ पर्नेमा २०७५ साल जेठ २९ गते जिल्ला अदालत कालिकोटबाट बहुबिबाह मुद्धामा १ वर्ष कैद र ५ हजार जरिवाना फैसला भएका जिल्लाको पलाँता गाउँपालिका ६ बस्ने ३२ वर्षका लंक बुढा, २०७२ साल मंसिर १० गते जिल्ला अदालत कालिकोटबाट सट्टा परीक्षा मुद्धामा ५ हजार जरिवाना फैसला भएका जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं. १ बस्ने २८ वर्षका बिरेन्द्र बुढा, ०७२ साल माघ ११ गते जिल्ला अदालत कालिकोटबाट सार्वजानिक मुद्धामा ५ सय जरिवाना फैसला भएका जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ बस्ने २५ वर्षका तुल शाही, २०७४ साल जेठ २१ गते जिल्ला अदालत कालिकोटबाट सवारी ज्यान मुद्धामा २ हजार जरिवाना फैसला भएका जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ५ बस्ने २५ वर्षका भिमराज शाही र २०७६ साल असार २२ गते जिल्ला अदालत कालिकोटबाट सहकारी सम्पती अपराधिक उपयोग मुद्धामा ५ हजार जरिवाना फैसला भएका जिल्लाको नरहरीनाथ गाउँपालिका ५ बस्ने ३५ वर्षका पदमबहादुर सहकारी रहेका छन् । 

उनीहरु सबैलाई जिल्ला अदालत कालिकोटमा पेश गरिएको डिएसपी ओलीयाले बताए । डिएसपी ओलीयाले कालिकोटमा प्रहरीले जिल्ला अदालतको फैसला पछि फरार भएका अभियुक्त पक्राउ गर्ने अभियान थालिएको बताए ।

उनले फरार अभियुक्त बिरुद्ध प्रहरीले उच्च निगरानी बढाएको बताए । उनका अनुसार अझै प्रहरीमा २०४४ सालदेखीका एक सय जना भन्दा बढी फरार अभियुक्तको लिस्ट छ । उनीहरुको खोजी कार्य तीव्ररुपमा गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.