६ जना वनका कर्मचारी घुससहित पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित ६ जना अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटि गएको प्रहरी टोलीले यादव, सवडिभिजन वन कार्यालय लालबजार रामपुर, उदयपुरका प्रमुख सहायक वन अधिकृत बिनोद कुमार साह, फरेष्टर रमेश राई, सव डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फरेष्टर विशेश्वर चौधरी, वन रक्षक द्वय शैलेन्द्र झा, मनोज कुमार राउतलाई १७ हजार घुससहितनियन्त्रणमा लिई आयोगको कार्यालय इटहरीमा बुझाएको छ। उनीहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।