बम गोली खेलाएका हात ड्रागन खेतीमा रमाएपछि...

बम गोली खेलाएका हात ड्रागन खेतीमा रमाएपछि...

दाङ : १० वर्षे जनयुद्धमा कमाण्डर हुँदै शान्ति प्रक्रियापछि मन्त्रीसमेत बनेका पूर्वमन्त्री लोकेन्द्र बहाहुर विष्ट मगरले दाङमा उदाहरणीय र नमुना योग्य काम थालेका छन्। राजनीति छोडेर व्यवसायमा लागेका पूर्वमन्त्री विष्टको बारीमा नेपालमै कम उत्पादन हुने फल ड्रागन फ्रुट अहिले लटरम्म फलेको छ। जनयुद्धमा बम, गोली बारुद खेलाउने उनको हात अचेल ड्रागन फ्रुटतिर खेल्न थालेको छ। उनले दाङमा ड्रागन फ्रुटको व्यवसायीक उत्पादन सुरु गरेका छन्। 

तुलसीपुर-घोराही सडक खण्डको बिजौरीमा ड्रागन फ्रुट फूलेको, फलेको र पाकेको दृश्य अहिले प्रष्ट रुपमा देखिन्छ। विष्टको फलको बगैजामा अहिले लटरम्म ड्रागन फु्रटले ढाकेको छ। बाजो जमिनलाई भाडामा लिएर उनले यो व्यवसाय थालेका हुन्। तेस्रो लटको उत्पादन समेत बजारमा ल्याइसकेका विष्टले विष्टले १० हजार क्वीटल ड्रागन फ्रुट उत्पादन गरिसकेका छन्। असारमा पहिलो लट उत्पादन भएको ड्रागन फ्रुट साउनमा तेस्रो लट निकालेका छन्।

अहिले बारीमा दोस्रो लटका ड्रागन फ्रुटका फल पाकिरहेका छन भने तेस्रो लटका तयारी हुँदैछ। तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरी मैरवास्थित बाझो जमिनलाई सदुपयोग गर्दै विष्टले दुइ वर्ष अघिदेखि व्यवसायीक ड्रागन फ्रुटको खेती गर्न थालेका हुन्। उनले दुई जनासँग मिलेर नौलो प्रजातिको मानिने ड्रागन फ्रुटको खेती दुई वर्षअघि सुरू गरेका थिए। उनले रोपेका सात हजार बिरूवामध्ये २ हजार ५ सय सेतो प्रजाति र ४ हजार ५ सय रातो प्रजातिका छन्। यो वर्ष मात्रै सात सय विरुवा थप रोपेका छन।

हरेक बोटमा ५ देखि २५ वटासम्म फल लागेको उनले बताए। पछिल्लो लटमा रोपेका थप चार हजार बिरूवाले अझै फल दिन सुरू गरेका छैनन्। ती सबै बोटले फल दिए एकै लटमा कम्तिमा १० क्विन्टल ड्रागन फ्रुट तयार हुने र त्यसपछि मागबमोजिम अन्य सहरमा पनि पठाउन सकिने विष्टले बताए।

अहिले माग अनुसार पुरा गर्न नसकेको उनको भनाई छ। दुई प्रकारका फल रहेको र प्रकार अनुसारकै मुल्य र विशेषता रहेको विष्टले बताए। ड्रागन फ्रुट खोज्नेहरू बगैंचामै आए। बाहिर रातो र भित्र सेतो हुने फल किलोको सात सय र बाहिरभित्र सबै रातो हुने प्रतिकिलोको आठ सय रुपैयाँमा बिक्री भइरहेको छ।

उनले विरुवा पनि उत्पादन गरिरहेका छन्। राजनीति त्यागेर कृषि कर्ममा लागेका विष्टलाई राजनीति व्यवसाय बनेको प्रति भने चिन्ता छ। उनले राजनीति समाज सेवा भए पनि अहिले पेशा व्यवसाय बनाएर गइरहेकोमा बताए। उनले राजनीतिलाई पेशा व्यवसाय बनाउन अहिले यो अवस्था आएको बताए।

'राजनीति र बर्तमान अवस्थामा मेरा पाँच तर्क छन' उनले भने 'यहि कारण राजनीतिमा व्यवसायमा लागेको हुँ।' उनले राजनीतिलाई पेशा व्यवसाय बनाउन नहुने, सामाजिक सेवामा लैजानुपर्ने, राजनीतिमा लागेका असल कार्यकर्ताहरुलाई मुल्याङ्कन गर्न नसक्दा राजनीति विचलनतिर गएको बताए। उनले अहिले राजनीतिक नेतृत्व असफल भएको दाबी गरे।

उनले कठ्ठाको वार्षिक झन्डै ४ हजार पर्ने गरी ६६ कठ्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएर व्यवसायिक खेती सुरु गरेका छन्। १५ वर्षमा जग्गाको भाडा मात्रै झन्डै ४० लाख छ। हालसम्म उनीहरूले व्यवसायका लागि एक करोडको हाराहारीमा लगानी गरिसकेका छन्। ड्रागन फ्रुटको साथमा उनीहरूले सर्पगन्धा, पेपिलो मेलन, कुरिलो, काँक्रा, फर्सी, मकै, फलफूल, जडिबुटी तथा अन्नबाली पनि घुसुवा लगाएका छन्। जमिनमा यी बाली छन भने माथि ड्रागनफ्रुट फलेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.