सार्वजानिक जग्गामा भू-माफियाको चलखेल, अदालतको फैसलविरुद्ध स्थानीय आन्दोलित

सार्वजानिक जग्गामा भू-माफियाको चलखेल, अदालतको फैसलविरुद्ध स्थानीय आन्दोलित

सिरहा : भू-माफियाहरुले सुकुम्वासीको नाममा ल्याइ हत्याउन खोजेको जग्गामा बिहीबार स्थानीयले राष्ट्रिय झण्डा गाडेका छन् । राजनीतिक पहुँच र पैसाको चलखेलमा सरकारी जग्गालाई निजी बनाइएको भन्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गमा प्रदर्शनसहित चक्‍का जाम समेत गरेका थिए ।

यो विवादित बनेको गोलबजार नगरपालिका ९ स्थित किता नम्बर ४२० को २ विघा ९ कठ्ठा ३ धुर अर्बौ रुपैयाँ पर्ने जग्गा हो । जग्गामा पूर्व-पश्चिम राजमार्गको केही भागमा सडक पनि पर्छन् । जसमा भूमाफियाहरुले चलखेल गरी हड्प्न खोजेको स्थानीयको आरोप छ । 

गोलबजार नगरपालिकाले ०७५ सालमा जिल्ला अदालत सिरहामा सार्वजानिक जग्गा भएको दाबी गर्दै मुद्दा दायर गरेका थिए । गत सोमबार(साउन २६ गते)  न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलास नम्बर १ ले गत फौज बहादुर भट्टसहित चारजनाको नाममा चलनचल्ती कायम गरिएको अदालतका निमित श्रेस्तेदार सिताराम खडकाले जानकारी दिए । 'मुद्दाको पुरै फैसला लेखिसकेपछि जग्गामा कुन आधार टेकेर फैसला गरिएको छ भनी दिन्छौँ, 'उनले भने, 'त्यसको लागि ३/४ दिन समय लाग्छ ।'

अदालतले जग्गा पास गराएकाकै पक्षमा फैसला गरिदिएपछि स्थानीयहरु विरोधमा उत्रेका छन् । नगरपालिकाले पनि जनताको आँखामा छारो हाल्न मुद्दा गरेको र पैसाको बार्गेनिङ गरेर मुद्दा हारेको स्थानीयको आरोप छ । स्थानीय प्रशासन र अदालतमा ज्ञापनपत्र बुझाउँदै आन्दोलित भएका छन् । 

साबिकको चन्द्रउदयपुर गाविस ८ (क) अन्तर्गत पर्ने कित्ता नम्बर ४२० को २ बिघा ९ कठ्ठा ३ धुर जग्गा २०५८ सालमा असनपुर ६ का फौज बहादुर भट्ट क्षेत्रीको नाममा सुकुम्वासी आयोगबाट आएको देखिन्छ । ०७४ असोज २२ गते गोलबजार नगरपालिका ९ का वडाअध्यक्ष रामपुकार कामतीले त्यो जग्गामा घरबाटो नरहेको भनेर सिफारिस दियो । त्यसपछि फौज बहादुरको नामबाट अर्नमा गाउँपालिका-५ कृष्णपुरकी अनितादेवी साह र लहान-८ की वीणाकुमारी चौधरीको नाममा ०७४ कार्तिक १३ गते किनबेच भइ नामसारी भएको लालपुर्जामा उल्लेख छ । 

भूमाफिया, जनप्रतिनिधि, मालपोत, नापी र अदालतको मिलोमतो जग्गा हप्ड्निे खेल भएको स्थानीय चिरन्जीवी यादवको आरोप छ । 'वडाले नै घरबाटो नभएको सिफारिस दिनु, सोही नगरपालिकाले मुद्दा दायर गर्नु र मुद्दाको वारिसनामा त्यही वडाअध्यक्षलाई बनाइनु र मुद्दा सहजै भूमाफियाले जित्नुले जनप्रतिनिधिको संग्लनता पुष्टि गर्छ,'उनले भने, 'राजमार्ग भएको जग्गामा घरबाटो नभएको सिफारिस दिँदा राजश्व पनि चुहाबट गरेको देखिन्छ ।'

जमिन व्यक्तिको नाममा आउनेबितिकै जमिनसँग सम्बन्ध नभएका व्यक्तिहरु रुख विरुवा र बुट्यान खाली गराउन आएको र स्थानीयले उनीहरुलाई लखेटेको उनले सुनाए । स्थानीयले यसलाई जंगलको रुपमा संरक्षण गर्दै आएको उनले बताए । 

'स्थानीय तहको चुनाव जितेको एक हप्तामै वडासचिव तारणीप्रसाद दनुवारले कागजात मिलाएर ल्याए, आफूले त्यति सोधखोज नगरी हस्ताक्षर गरिदिए, 'गोलबजार नपा ९ का वडाअध्यक्ष कामतीले भने, 'गल्तीले त्यस्तो भयो । पछि जिल्ला प्रशासन र अख्तियारमा पनि आफू पुगेर व्यान दिएर आएका छु ।'

यो जग्गामा आफूले कुनै किसिमको चलखेल नरहेको उनले सुनाए । जग्गाको सिफारिस गराउन भोला यादवको नामको व्यक्ति आएको उनले सुनाए । जग्गाधनी दर्ता श्रेस्तामा सुकुम्बासीलाई वितरण गरिएको जग्गाको हक हस्तान्तरण, बेचबिखन वा कुनै किसिमले दान, दातव्य वा धितो राख्न कम्तीमा १५ वर्षसम्म पाइने छैन, भन्ने कुरालाई टेकेर भूमाफियाहरुले १७ वर्षपछि मालपोतका कर्मचारीसहितको सेटिङ्मा किर्ते गरी बुट्यान जग्गा व्यक्तिको नाममा रजिस्ट्रेसन गरेको पाइएको देखिन्छ । 

जग्गाको लालपूर्जामा जग्गाको किसिम खेत÷धनहर अब्बल उल्लेख छ । तर, उक्त जग्गामा रूख लगाइएको छ । जग्गामा डेढ सयभन्दा बढी खयर र सिसमको बोट रहेको स्थानीयले जानकारी गराए । सुकुम्बासी आयोगको पनि फर्जी कागजात बनाएर जग्गामा चलखेल भएको स्थानीयको दाबी छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.