एउटै बैंकका चार कर्मचारीमा कोरोना पुष्टि

एउटै बैंकका चार कर्मचारीमा कोरोना पुष्टि

गुलरिया : बर्दियाको एक बैंकमा कार्यरत चार कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। बासगढी नगरपालिकास्थित एउटै बैंकमा कार्यरत चार कर्मचारीको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो। 

जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बैंकमा कार्यरत चार कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो। पछिल्लो समय बर्दियामा बैंक कर्मचारीमा कोरोना देखिन थालेपछि बैंकहरु बन्द छन्। 

हालसम्म बर्दियाको गुलरिया र बाँसगढी नगरपालिका तथा बढैयाताल गाउँपालिका गरेर चार बैंकका ९ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ। गुलरियाको एक बैंकका २ जना, बाँसगढीको २ वटा बैंकमा १ र ५ जना तथा बढैयाताल गाउँपालिकाको एक बैंकमा १ जना कर्मचारी कोरोना संक्रमणमा परेका छन्।

    
बिहीबार बाँसगढी नगरपालिकामा ८ जनाको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको छ। बैंकका कर्मचारीमा कोरोना भाइरस देखिएपछि बैंक सिल गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। संक्रमण दर बढेसँगै पाँच दिनका लागि थरिएको निषेधाज्ञा तीन दिन थप गरिएको छ। 

कोरोना भाइरस फैलिरहेको अवस्थामा सबैजनालाई घरमा बस्न प्रजिअ अधिकारीले अनुरोध गरे। महिलाको नजिकिँदै गरेको तीज पर्व घरघरमै बसेर मनाउन आग्रह गर्दै उनले धेरै जनासँग सम्पर्कमा आइरहने व्यक्तिलाई आफैँ परीक्षण गराउन अनुरोध गरेको छ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.