समुदायमा कोरोना संक्रमण देखिएपछि नवलपरासीमा पनि निषेधाज्ञा

समुदायमा कोरोना संक्रमण देखिएपछि नवलपरासीमा पनि निषेधाज्ञा

परासी : समुदायमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट गर्न पाइने छैन । निषेधाज्ञा साउन ३१ गते शनिबार राति १२ बजेदेखि भदौ ६ गतेसम्म लागू हुने छ । 

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले जारी गरेको निषेधाज्ञामा सरकारी एबं बैंक तथा वित्तिय संस्था‍मा विद्युतीय सेवा बाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गरिएको जनाइएको छ । 

अनावश्यक रुपमा हिँडडुल गर्न समेत रोक लगाइएको छ । धार्मिक स्थलमा दैनिक पूजाबाहेक अन्य गतिविधि गर्न रोक लगाइएको छ । चाडपर्व घरमै मनाउन भनिएको छ । एक पालिकाबाट अर्को पालिकामा अत्यावश्यक काम बाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पछिल्लो पटक समुदायमै संक्रमणको जोखिम अझ बढी बढ्न सक्ने संभावना रहेकाले नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । 

जिल्लामा ५ सय १६ जनाको समुदाय स्तरमा कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । पछिल्लो पटक जिल्लामा ४ जनामा पोजिटिभ देखिएको छ । हालसम्म जिल्लामा कोरोना पोजिटिभ हुनेको संख्या १ सय ३० छ । समुदायमा कोरोना संक्रमण देखिएपछि अहिले पालिकाहरुले पनि परीक्षण कार्यलाई बढाउन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.