एक करोड ९ लाख हिनामिना आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्म नक्सालमा १ करोड ९ लाख हिनामिना गरेको भन्दै प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई नियन्त्रणमा लिएको छ।
कार्तिकले आर्थिक वर्ष २०७४/७५र २०७५/७६ मा गरेर १ करोड ८ लाख ९९ हजार १८४ रुपैया हिनामिना गरेका थिए।
उनलाई प्रहरी प्रधान कार्याल्यको पत्रसति अख्तियारले नियन्त्रणमा लिएको हो। असई कार्तिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।