पहिरोले घर पुरिँदा दुई बालक र वृद्धाको मृत्यु

पहिरोले घर पुरिँदा दुई बालक र वृद्धाको मृत्यु

बागलुङ : शुक्रबार राति अविरल वर्षासँगै आएको पहिरोले निसीखोला गाउँपालिकामा घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। कारीगाउँमा बालको र  धारखर्कमा एक वृद्धाको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।  

निसीखोला गाउँपालिका-५ कारीगाउँमा स्थानीय हिराबहादुर विकको घर भत्किएर पुरिँदा उनका १३ वर्षीय छोरा देवेन्द्र र ६ वर्षीय नाती प्रवेशको ज्यान गएको हो। पहिरोमा परी विककी श्रीमती ५३ वर्षीया बिलसरा विक घाइते भएकी छिन् । उनको उद्धार गरी उपचारका लागि झिवाखोला पठाइएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लालमणी भट्टराईले जानकारी दिए। घरको माथिल्लो तलामा सुतेका परिवारका अरु भने सकुशल छन् । 

यसैगरी, वडा नम्बर ३ को धारखर्कमा पहिरोले पुरिएर एक महिलाको पनि ज्यान गएको छ । निरन्तरको वर्षापछि घर माथिबाट आएको पहिरोले घर भत्किँदा स्थानीय जुठे कामीकी श्रीमती ७२ वर्षीया वली कामीको मृत्यु भएको निसीखोला गाउँपालिका–३ का वडा अध्यक्ष जुनविक्रम शाहीले जानकारी दिए । निसीखोलामा केही दिनअघि पनि पहिरोले घर पुरिँदा एक बालकको ज्यान गएको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.