सिरहाका थप ८ जनामा संक्रमण

सिरहाका थप ८ जनामा संक्रमण

सिरहा : शनिबार सिरहामा कोरोना भाइरस(कोभिड–१९)का ८ जना नयाँ संक्रमित थपिएका छन्। जसमा सशस्त्र प्रहरी, थुनुवा, स्वास्थ्यकर्मी र समुदायका व्यक्ति छन्।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार लहान नगरपालिकाको इलाका प्रहरी कार्यालयमा रहेका थुनुवा १ जना, सशस्त्र प्रहरी लहानमा कार्यरत २ जना र सोही नगरपालिकाको एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ।  त्यसैगरी, नवराजपुर गाउँपालिकाको क्वारेन्टाइनमा १ जना, बरियारपट्टि गाउँपालिकाको कर्मचारी १ जना, र सोही गाउँपालिका र मिर्चैया नगरपालिकामा ‘कन्ट्याक्ट टेसिङ्ग’का आधारमा  १-१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। योसँगै सिरहामा कोरोनाका सक्रिय बिरामी ५८ जना पुगेको छन्।

हालसम्म सिरहामा २ सय ५ जना कोरोना जितेर घर फर्किएका छन्। पछिल्लो समय समुदाय स्तरमा संक्रमण फैलिरहेको छ। गोलबजार नगरपालिका र विष्णुपुर गाउँपालिकाको १-१ जनाको कोरोनाबाट मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.