कालिकोटमा ठाउँ-ठाँउमा पहिरो, कर्णाली राजमार्ग र करिडोर अवरुद्ध

कालिकोटमा ठाउँ-ठाँउमा पहिरो, कर्णाली राजमार्ग र करिडोर अवरुद्ध

कालिकोट : कालिकोटमा साउनको पहिलो सातादेखिको नियमित वर्षासँगै ठाउँ-ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग र कर्णाली करिडोर अवरुद्ध भएका छन् । साउन महिनाको सुरुवातदेखि नै निरन्तर वर्षासँगै शुभकालिका गाउँपालिकाको १ स्थित गगने खोला, काले खोला, जिते, शेरिघाट, मान्म, गल्ली, सिम्लेगाडलगायतका दर्जनौ ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि ठप्प छ ।  

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले पहिरोका कारण तीन दिनदेखि कर्णाली राजमार्ग बन्द रहेको जानकारी दिए । उनले कालिकोट र दैलेखको सिमाना दहीखोलादेखि नाग्मसम्म दर्जनौं ठाउँमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको बताए ।

उनका अनुसार कर्णाली राजमार्गको दैहिखोला र एसमोडको बीचमा पर्ने गगने खोलामा ठूलो पहिरो खसेको छ । अन्य विभिन्न ठाउँमा स­साना पहिरो खसेका छन् । डिभिजन सडक कार्यालय जुम्लाको डोजर माथिबाट पहिरो पन्छाउँदै जिल्ला सदरमुकाम मान्मदेखि दैलेखतिरको सडकमा पहिरो पन्छाउँदै गएको छ । एक दुई दिनमा थप पहिरो नखसे राजमार्ग खुल्छ । 

उनले भने, 'गगने खोलामा निकै ठूलो चट्टानबाट पहिरो खसिरहेको छ । छिनमा रोकिन्छ पहिरो सडक विभागको डोजरले पंछाएर सडक खुल्छ, छिनमै वर्षा हुँदा पुन पहिरो खस्द सडक अवरुद्ध हुन्छ ।'

उनले दैनिक रुपमा गगने खोलामा पहिरो खस्दा यातायात सेवा अवरुद्ध हुने गरेको बताए । गगने खोलाको पहिरोका कारण कर्णाली राजमार्गमा संचालन हुने यात्रुबाहक तथा मालबाहक सवारी साधन र यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ । 

२१ दिनदेखि कर्णाली करिडोर पनि अवरुद्ध

यस्तै जिल्ला प्रहरी कार्यालयका अनुसार कालिकोटको खुलालुदेखि हिल्सा जोड्न कर्णाली करिडोर सडक पनि २१ दिनदेखि अवरुद्ध  छ । यही साउन १२ गते आएको पहिरोका कारण ठाउँठाउँमा सडक बगाएको र फुगाडमा नेपाली सेनाले बनाएको बेलीबृज समेत बगाएकाले करिडोर पूर्णरुपमा ठप्प छ । 

करिडोरमा संचालित जीप जहाँको तही थन्किएका छन् । सडकमा यात्रुहरुलाई पदैल यात्रा गर्नुपर्ने बाध्यता छ । ठाउँ ठाउँमा पहिरोले मानिस हिँड्ने बाटो समेत नभएकाले ज्यानै जोखिममा राखेर आवतजावत गर्ने परेको सान्नीत्रिवेणी गाउँपालिकाका स्थानीय बसन्त बुढाले बताए । 

उनका अनुसार निरन्तर वर्षाका कारण कतै पहिरो खसेको त कतै हिलाम्मे सडक भएका कारण कर्णाली करिडोर पनि अवरुद्ध छ । करिडोर अवरुद्ध भएपछि स्थानीय रारा मानसरोबर यातायात प्रालीद्वारा संचालित जीप ठाउँ ठाउँमा रोकिएका छन् । नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदलका अनुसार करिडोरको रेगिल, कोट, आम्तडा, सान्नीघाट र फुगाडमा ठूलो पहिरो खसेको छ । फुगाडमा बनाइएका बेलिबृज पनि बगेको छ । कतिपय ठाउँमा ठूला ठूला चट्टानहरु फुटेर पहिरो खसेकाले विष्फोट गरेर पुन सडक निर्माण गर्नुपर्ने अवस्था छ । 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.