आन्तरिक राजश्व कार्यालय सिल

आन्तरिक राजश्व कार्यालय सिल

बागलुङ : कोरोना संक्रमणको जोखिम तीव्र भएपछि साविक धौलागिरी अञ्चलका चार जिल्ला हेर्ने गरी बागलुङमा स्थापित आन्तरिक राजश्व कार्यालय सिल गरिएको छ। राजश्व कार्यालयमा कार्यरत कर्मचारी संक्रमण भएकी महिलाको सम्पर्कमा आएको खुलेपछि कार्यालय नै सिल गरिएको हो। शनिबार मात्र धौलागिरी अस्पताल अगाडि होटल व्यवसाय गर्दै आएका एक ३६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

राजश्व कार्यालयमा कार्यरत ६ जना कर्मचारीले सोही होटलमा दैनिक खाना खाने गरेका थिए। खाना खुवाउने महिलालाई नै कोरोना संक्रमण देखिएपछि अनलाइन बाहेकका सबै सेवा बन्द गरिएको आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदीले बताए।‘कार्यालयकै महत्वपूर्ण शाखामा काम गर्ने सबै साथीहरु संक्रमितको सम्पर्कमा भएकाले एक साताका लागि कार्यालय सिल गरिएको हो’, कार्यालय प्रमुख सुवेदीले भने, ‘सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ, पाँच दिन पुगेपछि स्वाब लिएर पीसीआर परीक्षण गरिनेछ।’ कार्यालयका ठुलो संख्याका कर्मचारी संक्रमितको सम्पर्कमा भएको पाइएपछि जिल्ला कमाण्ड पोस्ट र विभागको निर्देशनमा कार्यालय सिल गरिएको उनले बताए। 

होटलकी महिला पनि धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्टयाक्ट ट्रेसिङमा परेकी थिइन्। सम्पर्कमा आएका आधारमा उनीसहित श्रीमान र दुई छोराछोरीको परीक्षण गरिएकोमा अन्यको रिपोर्ट भने नेगेटिभ आएको थियो। शनिबार मात्रै जिल्ला समन्वय समितिका प्रमुख र बडिगाड गाउँपालिका वडा नम्बर ६ का अध्यक्षलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो। 

नेपालकै पाँचौ र छैठौ संक्रमित पुष्टिसँगै कोरोनाको ठुलो सकस बेहोरेको बागलुङमा फेरि संक्रमणको जोखिम बढेको छ। कोरोना संक्रमित संख्या कम हुँदै गएको र निको हुने बढ्दो संख्याले ठुलो राहत महशुस गरेको बागलुङ जिल्लामा पछिल्ला दिनमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि हुँदै समुदाय स्तरमा समेत कोरोना संक्रमण देखिन थालेको छ। 

अहिलेसम्म जिल्लामा ४ हजार ९ सय ३८ जनाको पीसीआर परीक्षण गरिएकोमा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २ सय ४५ निको भइसकेका छन् । २० जना आइसोलेसनमा छन्। एक युवकको मृत्यु भएको छ। अझै १ सय ४४ जना अझै क्वारेन्टाइनमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.