श्रमिक-मजदुरलाई रोट्याक्टको स्वास्थ्य सुरक्षा सहयोग

श्रमिक-मजदुरलाई रोट्याक्टको स्वास्थ्य सुरक्षा सहयोग

दाङ : स्वास्थ्य पहुँचबाट टाढा रहेका दाङका श्रमिक र मजदुरहरुलाई कोरोना संक्रमणबाट जोगाउन स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ ।

दाङको तुलसीपुरमा विभिन्न क्षेत्रमा श्रमिकको रुपमा काम गर्दै २ सय ५० जनालाई के एन नाइटी फाइभ मास्क, सेनिटाइजर र वर्किङ ग्लोब्स प्रदान गरिएको हो ।

युवाहरुको सामाजिक सस्था रोट्याक्ट क्लब तुलसीपुरको अगुवाई तथा रोटेटरी क्लबको सहभागितामा २ सय ५० श्रमिकलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको रोट्याक्ट तुलसीपुरका अध्यक्ष प्रमिश लामिछानेले जानकारी दिए ।

श्रमिकहरु सुरक्षित भएमा समुदाय र अन्य व्यक्तिहरु कोरोनाबाट सहजै सुरक्षित हुनसक्ने भएका कारण विभिन्न क्षेत्रमा जमदुरी गर्ने न्युन ज्यालाका श्रमिकहरुलाई स्वास्थ्य र सुरक्षा सामग्री सहयोग गरिएको अध्यक्ष लामिछानेले बताए ।

क्लवले रिक्सा मजदुर, ट्रान्सपोर्ट मजदुर, ज्यालादरी गर्ने मजदुर, पूर्वाधारमा काम गर्ने मजदुर र गाडीमा काम गर्ने मजदुरलाई कार्यस्थलमै पुगेर सहयोग गरेको हो । 'सामाजिक उत्तरदायित्व अन्तरगत हामीले यो काम गरेका छौँ,' अध्यक्ष लामिछानेले भने ।

सहयोगसँगै कोरोना सचेतना र जानकारी समेत गराइरहेको उनले बताए । सबै नागरिकले स्वास्थ्य सुरक्षामा ध्यान दिएमा मात्रै कोरोनाको जोखिमबाट बच्‍न सकिने हुँदा, स्वास्थ्य सुरक्षाको पहुँचमा पुग्न नसकेका मजदुरलाई यो सहयोग गरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.