जनप्रतिनिधिको फर्निचरमा अवैध सालको गोलाई

जनप्रतिनिधिको फर्निचरमा अवैध सालको गोलाई

चितवन : अवैध रुपमा सालको काठ राखेपछि  इच्छाकामना गाँउपालिकाका वडा सदस्य बाबुकाजी त्रिपाठी विवादमा मुछिएका छन्। उनले कुरिनटारमा संचालन गरेको इच्छाकामना फर्निचरमा चिरानका लागि राखेको काठ बरामद भएको छ।

अवैध काठकरुपमा राखिएको सालको काठ भेटिएको त्रिपाठी अनुसन्धानको घेरामा तानिएका छन्। जिल्ला वन कार्यालयको टोलीले त्रिपाठीको फर्निचरबाट गोलाई बरामद गरेको हो।  सालको गोलाईको स्रोत खुलेको छैन। उनले स्थानीय शंकर नेपालको निजी जग्गामा लगाएको साल ल्याएको बताएका छन्। तर प्रारम्भिक अनुसन्धानबाट त्यो नदेखिएको वन कार्यालयले जनाएको छ। 

त्रिपाठीको फर्निचरबाट तीनय सय ९५ क्यूफिट सालको गोलाई काठ जिल्ला वन कार्यालयमा राखिएको छ। उक्त काठको विषयमा अनुसन्धान थालिएको जिल्ला वन कार्यालय चितवनका सुचना अधिकारी बालकृष्ण खनालले बताए।  ‘काठ कहाँबाट ल्याएको हो भन्ने प्रमाण देखिएको छैन ’ खनालले भने ‘ पहिला काठ कहाँबाट आयो भन्ने कुराको खोजी हुन्छ ’।

स्थानीयको सुचनाको आधारमा काठ बरामद गरिएको हो। फर्निचरमा राखेको सुराकी पाएपछि काठ बरामद भएको हो। चार कट्ठामा लगाएको सालको रुख कटान गरिएको हो। पदमराज नेपालले सूचना पाएपछि अनुसन्धान भइरहेको बताए।

निजी जग्गामा लगाएको भएपनि नेपाल सरकारले सालको काठको ओसारपोसार बिक्रि वितरणमा पूर्ण रुपमा रोक लगाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.