वाणिज्य विभागका सुब्बा घुससहित पक्राउ
काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतो घुससहित पक्राउ परेका छन्।
नायब सुब्बा महतोले फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुसरिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार टोलीले उनलाई पक्राउ गरेको हो ।
१० हजार घुस रकम लिएको अवस्थामा कार्यकक्षबाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।