दाङमा कोरोना संक्रमण समुदायसम्म पुगेको आशंका

दाङमा कोरोना संक्रमण समुदायसम्म पुगेको आशंका

दाङ : दाङमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा पुगेको छ। अहिलेसम्म भारत लगाएतका विभिन्न देशबाट आएका र उनीहरुको सम्पर्कमा आएका जनप्रतिनिधी, स्वास्थ्यकर्मीहरुमा देखिएको भाइरस अब समुदाय स्तरमै देखिन थालेको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा घोराहीको एक बैंकमा कार्यरत कर्मचारीमा र तुलसीपुर १२ मा घरमै बसेका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमण समुदायसम्म पुगेको आशंका गरिएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए। 'हामीले यो दुई वटा केसले समुदायस्तरमा कोरोना संक्रमण पुगि सकेको आशंका गरेका छौ।', चन्दले भने, 'अब सबै आआफनो क्षेत्रमा सहज हुन आश्यक छ।  घोराही १५ शहिद गेट नजिकै रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत २२ वर्षका एक कर्मचारीमा कोरोना पुष्टि भएको चन्दले बताए।

घोराहीमै घर भएका ति कर्मचारीलाई कसरी संक्रमण भयो भन्ने नखुले पनि सेवाग्राहीबाटै भाइरस सरेको हुन सक्ने अनुमान गरिएको छ। ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि बुद्ध हस्पिटलमा गएका कर्मचारीलाई कोरोनाको आशंकामा प्रतिष्ठानमा रिफर गरिएको थियो। प्रतिष्ठानमा रिफर गरिएका उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको घोराही स्वास्थ्य शाखाले बताएको छ। कर्मचारीलाई कोरोना पुष्टि भएपछि अहिले बैंकले सेवा रोकेको छ।

त्यस्तै तुलसीपुरमा घरमै बसेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको घरमा शिल गरिएको छ।

साउन २६ गते स्वाब दिएका उनको भेरी अस्पताल नेपालगञ्जमा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि घरमा आवतजावतमा रोक लगाइएको तुलसीपुर उपमहा नगरपालिकाका कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिए। संक्रमित व्यक्तिलाई बेलुझुण्डीको कोरोना विशेष अस्पतालमा लागिएको छ। घरका परिवारका सदस्यका कारोनाको लक्षण देखिएपछि मात्रै कोरोना परीक्षण गरिने भएको छ। घरमै बसेका व्यक्तिमा कोराना संक्रमण देखिएपछि स्थानीय त्रासमा रहेका छन्। संक्रमित व्यक्ति घरमै भएपनि उनको परिवारका सदस्यहरु अन्य व्यक्तिको सम्पर्कमा रहेको स्थानीयले बताएका छन्। उनी सल्यानको कपुरकोटमा रहेको राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रका कर्मचारी हुन्। केहि समय अघिमात्रै उनी काठ्माण्डौबाट सल्यान फर्किएका थिए। 

कपुरकोटमा स्वाब दिएका उनी आफ्नो घर तुलसीपुरमा बसेका थिए। यसैबीच तुलसीपुरमा अहिले १६ जना सक्रिय संक्रमित रहेका छन्। तुलसीपुरमा अहिलेसम्म ७८ जनामा संक्रमण देखिएको छ भने ६२ जना निको भएर डिस्चार्ज भएका छन्। राप्ती लाईफ केयर, सेन्टर मावि, होम क्वारेन्टाइनमा र होटल क्वारेन्टाइनमा गरेर उपमहानगरपालिकामा अहिले ५५ जना क्वारेन्टाइनमा रहेका छन्। होम क्वारेन्टाइनमा मात्रै ३० जना रहेको फोकल पर्सन केसीले जानकारी दिए। अहिलेसम्म दाङमा ७ सय १४ जनामा संक्रमण देखिएको छ। ६२ जना अहिले पनि आइसोलेशनमा उपचाररत रहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.