आमा-छोरासहित तीनजनामा कोरोना संक्रमण, बागलुङमा संक्रमितको संख्या २ सय ७१ पुग्यो

आमा-छोरासहित तीनजनामा कोरोना संक्रमण, बागलुङमा संक्रमितको संख्या २ सय ७१ पुग्यो

बागलुङ : जिल्लाको बरेङ गाउँपालिकामा आमा-छोरासहित थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बरेङ गाउँपालिका २ का २५ वर्षीया महिला, उनका ६ वर्षीय छोरा र बागलुङ नगरपालिका वडा नम्बर १३ का २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङ प्रमुख सुरज गुरौले जानकारी दिए । 

संक्रमित महिलाका श्रीमान र कान्छो छोराको भने नेगेटिभ रिपोर्ट आएको उनले बताए । संक्रमित पुष्टि भएका सबै भारतबाट आएका हुन् ।  ६ वर्षीय बालक र उनकी आमा गत साउन २७ गते भारतबाट आएर बरेङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छन् भने बागलुङ नगरपालिका वडा नम्बर १३ का युवा पनि भारतबाट आएर बानपा १ को क्वारेन्टिनमा छन् । 

संक्रमित बालक र महिलाका श्रीमान र जेठा छोरासँगै यात्रा गरेर क्वारेन्टिनमा बसे पनि बाबु छोरामा भने कोरोना नदेखिएको कार्यालय प्रमुख गुरौले बताए ।  तर सँगै बसेकाले महिला र बालकलाई आइसोलेसमा ल्याइने र उनका श्रीमान र छोरालाई क्वारेन्टिनमै राखेर दुवैको पुनः स्वाब लिइने गुरौले जानकारी दिए ।

योसँगै जिल्लामा संक्रमितको संख्या २ सय ७१ पुगेको छ । जसमध्ये २ सय ४६ जना निको भएर घर फर्किसकेका छन् भने एक युवकको मृत्यु भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.