विदेशबाट कामदार फिर्ता नल्याए सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी

विदेशबाट कामदार फिर्ता नल्याए सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी

काठमाडौं : कामदार फिर्ता ल्याउन सरकारले आनाकानी गरे सरकारविरुद्ध अदालत जाने सरोकारवाला निकायले चेतावनी दिएका छन् ।

मानव अधिकारका लागि जनमञ्च (पिुपुल फोरम) ले सर्वोच्च अदालतले गरेको कामदार फिर्तासम्बन्धी फैसला कार्यान्वयन नगरे सरकारविरुद्घ मानोमानीको मुद्दा लगाउने चेतावनी दिएको छ ।
पिपुल फोरमले विभिन्न देशमा अलपत्र कामदार निःशुल्क फिर्ता सम्बन्धी निर्देशिका  कार्यन्वयनबारे’ मंगलबार आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रम बोल्दै अधिवक्ता सोम लुईटेलले सर्वोच्चको आदेश कार्यान्वयन नगर्ने सरकारी निकाय र व्यक्तिविरुद्घ मुद्दा दायर गर्ने तयारी भएको बताए ।

सर्वोच्चले वैशाख ४ मा अलपत्र परेका कामदारलाई तत्काल फिर्ता ल्याउन आदेश गरेको थियो । यस्तै असार १ गते अति समस्यामा परेका कामदारलाई सरकारी कोषबाट फिर्ता ल्याउन आदेश दिएको थियो ।

कोरोना भाइरस(कोभिड १९) का कारण विभिन्न देशमा रहेका लाखौं नेपाली कामदार स्वदेश फर्कन पाएका छैनन् । सरकारले मंगलबारदेखि चार्टर्ड उडानसमेत रोकेको छ । साउनसम्म ५५ हजार नेपाली स्वदेश फर्किएका छन् ।

सर्वोच्चको पछिल्लो आदेश अनुसार कोही कामदार पनि आउन पाएका छैनन् । अति समस्यामा परेका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट फिर्ता ल्याउन निर्देशिका समेत जारी भए पनि अझै कार्यान्वयन हुन सकेको छैन ।

अधिवक्ता एवम् श्रमविज्ञ लुईटेलले शोधभर्ना गरेर कामदारलाई टिकटको पैसा सरकारले दिनुपर्ने बताए । विदेश गएको दुई तीन महिनाभित्रै फर्कन परेका कामदारलाई सरकारले क्षतिपूर्तिसमेत दिनुपर्ने उनको माग छ ।

गन्तब्य मुलुकमा कोभिड –१९को महामारीमा गरिएको बन्दावन्दीले लाखौं कामदारले रोजगारी गुमाएका छन् । काम गरेको तलबमा कटौती गरिएको छ । कम्पनी बन्द भइ धेरैले रोजगारी गुमाएर खान नपाइ अलपत्र परेका छन् ।

अधिवक्ता कृष्ण न्यौपानेले गन्तव्य मुलुकमा तलब नै नदिइ अलपत्र परेको, हवाइ उडान बन्द भइ मृतक कामदारको शव ल्याउन सरकारले चासो नदिएको बताए । धेरै आप्रवासी कामदार कोभिड– १९ को संक्रमण भई बिरामी परेका छन् ।  कति कामदारले ज्यान नै गुमाएका छन् ।

पिपुल फोरमले अन्तर्राष्ट्रिय, क्षेत्रीय, राष्ट्रिय र स्थानीय स्तरमा अन्तरक्रिया गरी आप्रवासी कामदार फिर्ता र पुर्नएकिकरण कार्यक्रम बारे नागरिक समाजको नीतिपत्र बनाइ सरकारलाई हस्तान्तरण गरेको जनाएको छ । पिपुल फोरमले कोभिड १९ को महामारीको समयमा विदेशमा रहेका कामदारको रोजगारी व्यवस्थापन, उद्धार, पुनःएकिकरण तथा अलपत्र कामदारलाई निःशुल्क स्वदेश फिर्ता गर्न माग राखि सर्वोच्चमा रिट दायर गरेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.