संक्रमितको सम्पर्कमा रहेका वडाध्यक्षसहित ८ जनाको कोरोना पुष्टि

संक्रमितको सम्पर्कमा रहेका वडाध्यक्षसहित ८ जनाको कोरोना पुष्टि

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकाको सम्पर्कमा रहेका ७ जना सहित जिल्लामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसै साता बागलुङ नगरपालिका-२ मा होटल व्यवसायी महिला र वडा नम्बर ३ कि कुखुरा पालन गर्ने महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।

पोखरामा गरिएको स्वाब परीक्षणमा संक्रमितको सँगको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा बागलुङ नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए। संक्रमितको सम्पर्कमा आएका १४ जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा बागलुङ नगरपालिका–३ का संक्रमित महिलाका छोरा सहित २ जना पुरुष र ३ जना महिलाको रिपोर्ट पोजिटिभ आएको हो।

संक्रमित महिलाका ८ वर्षीय छोरा, १३ वर्षीय एक जना किशोर, २२ वर्षीय एक जना पुरुष, १६ वर्षीय एक जना किशोरी र २१ र ३५ वर्षीय दुई जना महिलालाई संक्रमण पुष्टि भएको खनालले बताए।

यसैगरी, बडिगाड गाउँपालिका-६ का कोरोना संक्रमित वडा अध्यक्षको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब परीक्षण गर्ने क्रममा अर्का एक जना वार्ड अध्यक्षमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

जैमिनी नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए। समुदाय स्तरमा संक्रमण देखा पर्न थालेको र कन्ट्याक्ट ट्रेसिङमा ठुलो संख्या पाइएकाले जोखिम अझ बढेको उनले बताए।

पछिल्ला जिल्लामा कोरोना समुदाय स्तरमा संक्रमण बढ्दै गएपछि बागलुङ नगर क्षेत्रमा एक साताका लागि मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। अहिलेसम्म जिल्लामा २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जस मध्ये २ सय ४१ जना निको भइसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.