निषेधाज्ञासँगै राजधानीका बैंक बन्द, अब एटिएम पनि नचल्ने

निषेधाज्ञासँगै राजधानीका बैंक बन्द, अब एटिएम पनि नचल्ने

काठमाडौं : बैंक तथा वित्तीय संस्था अत्यावश्यक क्षेत्रमा राखिए पनि बिहीबार उपत्यकाका सम्पूर्ण बैंक बन्द भएका छन् । प्रहरीले कर्मचारीलाई अनावश्यक रुपमा दुःख दिएको भन्दै उपत्याकाका सबै बैंक बन्द भएका हुन् ।

बैंकर्स अनिल केशरी शाहले प्रहरीले अवरोध पु¥याएपछि बैंक बन्द गर्नुपरेको बताए । सरकारले बुधबार रातिदेखि निषेधआज्ञा जारी गरे पनि बैंकलाई अत्यावश्यक सेवाभित्र राखेको छ । २७ वटा वाणिज्य बैंकले आवश्यकता हेरी काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा १ शाखा खोल्न पाउने व्यवस्था गरिएको थियो ।

तर प्रहरीले कर्मचारीलाई घर पनि जान नदिने, कार्यालय पनि जान नदिई लाइन लगाएपछि नेपाल बैकर्स संघले सबै बैंक बन्द गर्ने निर्णयमा पुगेको हो । सरकारको निर्देशन कार्यान्वयन गर्न बैंक तयार भए पनि सहमति अनुसार शाखा कार्यालय खोल्न जाँदा कर्मचारीले असहज परिस्थिति सामाना गरेपछि अन्योल सिर्जना भएको शाहले बताए ।

‘आज खोल्न जाँदा सरकारको विपरित भएजस्तो देखियो,’उनले भने, कर्मचारीलाई घण्टौ उभ्याएर कोरोनोको जोखिम बढाएको अनुभूति भयो ।’ बैंक तथा वित्तीय सरकार विरोधी कहिल्यै नजाने भन्दै शाहले नेपाल बैंकर्स, राष्ट्र बैंक र गृह मन्त्रालयको बैठकपछि मात्रै शुक्रबारदेखि बैंक खोल्ने नखोल्ने निष्कर्षमा पुग्न सकिने बताए । ‘एटिएममा पैसा हाल्न पनि बैंक पुग्नुपर्छ,’ शाहले भने, ‘यसरी बैंक पुग्नै नपाएपछि त  एटिएम पनि बन्द हुनसक्ने सम्भावना देखियो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.