छुट्टीमा घर आएका सैनिकलाई कोरोना संक्रमण पुष्टि

छुट्टीमा घर आएका सैनिकलाई कोरोना संक्रमण पुष्टि

बागलुङ : नेपाली सेनामा कार्यरत एक सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ। छुट्टीको समयमा घर आएका नेपाली सेनामा कार्यरत बागलुङ नगरपालिका–१२ का २५ वर्षीय  पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

लमजुङमा कार्यरत रहेका उनी घर आएको केहि दिनमा ज्वरो, खोकी लगायतका लक्षण देखिएपछि उपचारका लागि धौलागिरी अस्पताल आएका थिए। 
लक्षणका आधारमा कोरोना आशंकामा आइसोलेसन कक्षमा भर्ना गरेर पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभको आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए। संक्रमित पुरुष लम्जुङबाट आएर बागलुङ नगरपालिका–३ मा परिवारसँगै बस्दै आएका थिए।

जिल्लामा अहिले सम्म स्वास्थ्यकर्मी, जनप्रतिनिधिलाई कोरोना संक्रमण भएपनि सुरक्षाकर्मीलाई भएको छैन। तर छुट्टीमा आएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टिपछि अब कन्ट्रयाक ट्रेसिङ गरेर स्वाब लिइने बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए। संक्रमित सैनिकसँग सम्पर्कमा भएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न लगाइएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.