नवलपरासीमा भदौ १० गतेसम्म निषेधाज्ञा

नवलपरासीमा भदौ १० गतेसम्म निषेधाज्ञा

परासी : जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले निषेधाज्ञाको समय थप गरेको छ। थप गरिएको समयअवधि भदौ १० गते राती १२ बजेसम्म छ। यसअघि साउन ३१ देखि भदौ ६ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। 

समुदायमा देखिएको कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए। निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट गर्न र अनावश्यक रुपमा हिंडडुल गर्न पाइने छैन।
 

जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले थप गरेको निषेधाज्ञामा सर्वसाधारणको उपस्थितिमा दिइने सरकारी सेवा बन्द गरिएको छ। बैंक तथा वित्तीय संस्थाले अति आवश्यक भएका व्यक्तिलाई सेवा दिनका लागि कुनै एक कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर काम गर्न सक्ने व्यवस्था मिलाइएको छ। जिल्लामा हालसम्म १ सय ४१ जनामा कोरोना पोजिटिभ देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.