‘एनजिओ’को तालिमले चरिकोटमा भित्रियो कोरोना

‘एनजिओ’को तालिमले चरिकोटमा भित्रियो कोरोना

चरिकोट : जिल्लाको प्रतिष्ठित गैरसरकारी संस्था टुकी संघका ३ कर्मचारी चितवनमा तालिममा गएर फर्केपछि गरिएको जाँचमा कोरोना संक्रमण देखिएको छ। चितवनमा दुई दिने तालिममा सहभागी भएकामध्ये टुकी संघका २ महिला र एक पुरुष गरी ३ जनामा शनिबार कोरोना संक्रमण देखिएको हो।

गैरसरकारी संस्थामा करिब ४० जना कर्मचारी रहेकोमा सबैजना जोखिममा परेको टुकी संघकी अध्यक्ष रोचकुमारी चौलागाईंले बताइन्। सबै कर्मचारीको आवश्यक जाँच गरिने उनले बताइन्। कोरोना महामारीको बेला सो एनजिओले कर्मचारीलाई तालिममा पठाएर जिल्लामा जोखिम बढाएको भन्दै टुकी संघको चौतर्फी विरोध सुरु भएको छ।

यस्तै तालिम सकेर दोलखा पोष्टिङ भएका दुई प्रहरी जवानमा दुईपटकसम्म पीसीआर नतिजा पोजिटिभ देखिएको छ। तालिमकै क्रममा गरिएको पीसीआर परीक्षणको नतिजा पोजेटिभ देखिएपनि दोलखा पोष्टिङ भएर आएका ति प्रहरीको पुनः परीक्षण गर्दा पोजिटिभ देखिएको हो।

राजविराज तालिम केन्द्रबाट पासिङ आउट भएर दोलखा पोष्टिङ भएका दुबै १९ वर्षीय जवान जिल्ला प्रहरी कार्यालयको पूर्ण क्वारेन्टाइनमा रहेको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले बताए। जिल्ला प्रवेशदेखिनै क्वारेन्टाइनमा रहेका ति जवानलाई ड्युटीमा पठाउँदै नपठाई पुनः कोरोना पोजिटिभ देखिएको डीएसपी पोखरेलको भनाई छ। उनले भने, ‘ड्युटीमा नखटिँदै संक्रमण देखिएकोले ति जवानका कारण आत्तिनु पर्ने केही छैन।’

भीमेश्वर नगरपालिकाबाट पठाइएको स्वाबको शनिबार प्राप्त नतिजाअनुसार ३ महिला र ३ पुरुष गरी ६ जनामा कोरोना संक्रमण देखिएको थियो। जसमा २ प्रहरी, ३ एनजिओकर्मी र एक स्वास्थ्यकर्मी रहेका थिए। हालसम्म दोलखामा ७ महिला र १४ पुरुष गरी २१ जनामा संक्रमण देखिएको छ भने ३ जना डिस्चार्ज भएका छन्।
    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.