६७ वर्षीय वृद्ध, जसले चितुवासँग लडेरै ज्यान बचाए

६७ वर्षीय वृद्ध, जसले चितुवासँग लडेरै ज्यान बचाए

बेंसीसहर :  बाटोमा एक्कासी चितुवासँग जम्काभेट भयो भने के होला ? झटपट कोही कसै कुस्ती खेल्न सक्दैनन् ? यस्तो कुरा सोच्दा धेरैको आङ सिरिङ्ग हुन्छ ।  तर, आइतबार बिहान लमजुङ बेंसीसहरका एक वृद्धले भने बहादुरीकासाथ चितुवासँग कुस्ती खेलेका छन् । 

बेंसीसहर नगरपालिका–९ साम्दीका ६७ वर्षिय हरिबहादुर थापा घाँस काट्न घरबाट के निस्किएका थिए चितुवासँग जम्काभेट भयो । आहारा खोज्दै घरतर्फ आइरहेको चितुवाको निशाना थापामाथि पर्‍यो । पहिलो भेटमै चितुवाले थापालाई खेतको गह्रामा हुत्ताइदियो ।

चितुवाले चिर्थोदा उनको हातमा घाउ लाग्यो । धानबारीमा लडेका थापाले भने हरेस खाएनन् । बरु चितुवाको दोस्रो प्रहार रोक्दै खुर्पाले हान्न भ्याए । त्यसपछि चितुवापनि घाइते भयो । ‘बुवा र चितुवाबीच धानखेतमा घम्साघम्सी भयो’, हरिबहादुरका छोरा रामप्रसादले भने, ‘बुवाले एक हातले छेक्दै अर्को हातमा भएको खुर्पाले हान्नुभयो ।’ 

खुर्पा प्रहारले चितुवाको टाउको, नाकको डाँडी, खुट्टामा चोट लाग्यो । केहीबेरमा चितुवा मर्‍यो। हरिबहादुरको पनि हातखुट्टामा चोट लाग्यो । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।मरेको चितुवा डिभिजन बन कार्यालयलाई जिम्मा लगाइएको छ । चितुवाको लम्बाई ५ फुट ६ इन्च, उचाई १ फुट ११ इन्च र र गोलाई १ फुट १० इन्च रहेको डिभिजन प्रमुख मोहन काफ्लेले जानकारी दिए । 
राहत सहयोगसम्बन्धी निर्देशिका २०६९ अनुसार जंगली बन्यजन्तुहरु हात्ती, बाघ, भालु, चितुवा, हिउँ चितुवा, अर्नाले पुर्‍याउने मानविय, पशुधन र अन्नबालीको क्षतिको राहत उपलब्ध गराउने प्रावधान छ । 

बन्यन्तुको आक्रमणबाट मानिस तथा पशुको मृत्यु वा घाइते भएमा, अन्नबालीको नोक्सानी भएमा वा भण्डारण गरेको अन्नपातको नोक्सानी भएमा सम्बन्धित कार्यदलको सिफारिसको आधारमा राहत उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ ।

बन्यजन्तुबाट मानिसको मृत्यु भएमा आस्रित परिवारलाई १० लाख रुपैयाँ, घाइते भएमा २ लाख रुपियाँ र त्यति रकम पनि अपुग भएमा संघ सरकारले थप रकम दिने प्रावधान छ । पशुधनको क्षति भएमा स्थानीय बजारमूल्य अनुसार राहत उपलब्ध गराउने व्यवस्था छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.