'रिपोर्ट नलिइ कर्णाली नआउनू'

'रिपोर्ट नलिइ कर्णाली नआउनू'

सुर्खेत : के तपाइँ कर्णाली प्रदेश आउने तयारीमा हुनुहुन्छ ? यदी कर्णाली प्रदेश आउँदै हुनुहुन्छ भने कोरोना परीक्षणको रिपोर्ट साथमै ल्याउनुपर्ने छ। अर्थात कर्णाली प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ। पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण नदेखाएसम्म अब कर्णाली प्रदेशमा प्रवेश गर्न पाइने छैन।

देशका विभिन्न जिल्लामा लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि कर्णाली प्रवेशमा कडाइ गरिएको हो। प्रदेशमा लक्षणसहितको कोरोना भित्रिन नदिन नाकामै कडाइ गरिएको हो। कर्णाली भित्रिने सबै नाकामा बाहिरबाट आउनेहरुसँग पीसीआर रिपोर्ट मागिनेछ। पीसीआर रिपोर्ट नेगेटिभ भएमात्र प्रदेशमा प्रवेश पाइने छ। पीसीआर रिपोर्ट नभएकालाई नाकाबाटै प्रवेश नदिइने प्रदेश सरकारले जनाएको छ।
    

प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले पीसीआर रिपोर्ट आएको तीन दिनसम्म मात्र प्रवेश दिने निर्णय गरेको हो। केन्द्रका अनुसार कर्णाली भित्रिने मुख्य नाकाहरु सल्यानको काल्चे र कपुरकोट, सुर्खेतको बबइ र कुइने नाकाबाट प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य गरिएको हो। यो नियम सोमबारबाटै लागू भएको छ। प्रदेशमा कोरोना संक्रमण थप फैलिन नदिन प्रवेशमा कडाइ गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए। उनले भने,‘बाहिरबाट आउनेमाथि हाम्रो मुख्य निगरानी छ, भारत र अन्य प्रदेशबाट आउनेलाई पीसीआर रिपोर्ट अनिवार्य गरेका छौं। रिपोर्ट बिना कोही पनि प्रदेशभित्र प्रवेश पाउँदैनन्।’

कर्णालीका अन्य जिल्लाको तुलनामा सुर्खेत, दैलेख र जुम्ला बढी प्रभावित छन्। यद्यपी प्रदेश सरकारले पछिल्लो समय भारतबाट आउनेको संख्या घटेसँगै संक्रमितको संख्या पनि घटेको जनाएको छ। सामाजिक विकास मन्त्री दल रावलले भने,‘क्वारेन्टाइनमा मान्छेहरु घटेका छन्, आइसोलेसनबाट डिस्चार्ज हुनेहरु पनि बढे। अब हामीले समुदायमा परीक्षणको दायरा बढाएका छौं, संक्रमणको दर केही हदसम्म घटेको छ।’ संक्रमण फैलिन नदिन सुर्खेत, जुम्ला र रुकुमपश्चिमका केही स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ। यस्तै प्रदेश सरकारले मास्क प्रयोग र सामाजिक दुरी कायम गराउन जोड दिएको छ।

यस्तै प्रदेश सरकारले तत्काल दैलेख, कालिकोट र सल्यानमा आइसीयु बेड थप्ने भएको छ। सामाजिक विकास मन्त्री रावलका अनुसार तीन वटै जिल्लाका जिल्ला अस्पतालमा पाँच-पाँच वटा आईसीयू र एक-एक वटा भेन्टिलेटर थपिने बताए। हाल प्रदेशका सुर्खेत, दैलेख र जुम्ला अस्पतालमा गरी ४० वटा आईसीयू र १७ वटा भेन्टिलेटर रहेका छन्। कर्णालीमा बुधबारसम्म संक्रमितको संख्या दुई हजार एकसय ३० पुगेको छ। यद्यपि हालसम्म एक हजार नौ सय ३२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार अब प्रदेशभर जम्मा एकसय ९२ जना मात्र सक्रिय संक्रमित आइसोलेसनमा छन्। यस्तै हालसम्म ६ जनाको मृत्यु भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.