२४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण : २८१ डिस्चार्ज

२४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण : २८१ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २२० महिला र ५९८ पुरुष गरेर ८१८ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । 

काठमाडौं उपत्यकामा भने २४ घण्टामा १६६ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमण पुष्टि भएको हो। 

अहिले क्वारेन्टाइनमा ११ हजार ४१४ जना रहेका छन्। पछिल्लो २४ घण्टामा २१८ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको कुल संख्या १८ हजार ६३१ पुगेको छ। यो कुल संक्रमितको ५८ प्रतिशत हो। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ। पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएसँगै मृतकको संख्या १४९ पुगेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.