कोरोनाले मृत्यु हुनेको संख्या १४९ पुग्यो

कोरोनाले मृत्यु हुनेको संख्या १४९ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको हो। 

झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको हो। 

पछिल्लो २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार २२० महिला र ५९८ पुरुष गरेर ८१८ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ। अहिले १३ हजार १५५ संक्रिय संक्रमित  रहेका छन्। जसमध्ये ९ हजार २१२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। 

काठमाडौं उपत्यकामा भने २४ घण्टामा १६६ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमण पुष्टि भएको हो। 

अहिले क्वारेन्टाइनमा ११ हजार ४१४ जना रहेका छन्। पछिल्लो २४ घण्टामा २१८ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको कुल संख्या १८ हजार ६३१ पुगेको छ। यो कुल संक्रमितको ५८ प्रतिशत हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.