नवलपरासीमा एकै दिन ३५ जनामा संक्रमण

नवलपरासीमा एकै दिन ३५ जनामा संक्रमण

परासी : पश्चिम नवलपरासीमा आइतबार मात्रै ३५ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये पृथ्वीचन्द्र जिल्ला अस्पतालका ४ जना डाक्टर र १ नर्स छन्। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताललाई सिल गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए। 

आइतबार नै अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारी गरी कुल ६० जनाको स्वाब संकलन गरिएको छ। अस्पताल सिल गरेपछि प्रसुति र आकस्मिक सेवासमेत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए। स्वाब संकलन गरिएका स्वास्थ्यकर्मीमध्ये १५ जनाको  तत्काल रिपोर्ट मगाउने र त्यसपछि आकस्मिक र प्रसुती सेवा सुरु गरिने उनले बताए।  रिपोर्ट नआउने बेलासम्म प्रसुति र आकस्मिक सेवाका लागि आउने बिरामीलाई अन्यन्त्र पठाइने छ। जिल्ला अस्पतालबाट दिइने सेवा अन्य अस्पतालमा छैन। त्यसका लागि भैरहवा र बुटवल जानुपर्ने बाध्यता छ। 

आइतबार संक्रमित फेला परेका अन्यमा पाल्हीनन्दन गाउँपालिकामा मात्र २६ जना छन्। जसमा गाउँपालिका अध्यक्ष दीपक गुप्ता र पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रकी १ स्टाफ नर्स छन्। सबैभन्दा बढी उक्त गाउँपालिकाको वडा नं. ३ का मात्रै १९ जना छन्। सो वडामा ३ वर्षीय बालकमा पनि पोजिटिभ देखिएको स्वास्थ्य प्रमुख गौरब ढकालले बताए। अन्य ७ जना वडा नं ४, ५ र ६ का छन्। त्यसै गरी बर्दघाट नगरपालिकाका ३ र जिल्ला अदालतका १ कर्मचारीमा पनि आइतबार कोरोना संक्रमण देखिएको स्वास्थ्य प्रमुख ढकालले बताए। 

सबै संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। उनीहरुमध्ये केही होम आइसोलेसन र केही परासीस्थित पाल्ही क्याम्पसको आइसोलेसनमा रहेका छन्। ७ स्थानीय तह रहेको जिल्लामा हालसम्म १ सय ७६ जना संक्रमित छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.