अर्घाखाँची अस्पतालमा ईमर्जेन्सीबाहेक सबै सेवा बन्द
अर्घाखाँची : अर्घाखाँची अस्पताल परिसरमा रहेको स्वास्थ्य कार्यालयमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि अर्घाखाँची अस्पतालका इमरर्जेन्सी र प्रसुती सेवा बाहेक सम्पुर्ण सेवा बन्द भएका छन्।
हिजो २ जना स्वास्थ्यकर्मीसहित जिल्लामा १३ जना संक्रमित फेला परेपछि अस्पतालमा इमर्जेन्सी र प्रसुतिबाहेकका अन्य सबै सेवा बन्द गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए। चिकित्सक र अन्य सरोकारवालाहरु सँगको बैठक अनुसार सेवाग्रहाहीहरुको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गदै स्वाव संकलन गरी पठाए पश्चात रिपोर्ट नआउँदा सम्मको लागि अस्पतालका इमरर्जेन्सी र प्रसुती सेवा बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर गौतमको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !