स्वास्थ्य सेवा कार्यालयका कर्मचारीमा कोरोना पुष्टि

स्वास्थ्य सेवा कार्यालयका कर्मचारीमा कोरोना पुष्टि

मुगु : जिल्ला स्वास्थ्य सेवा कार्यालयको लेखा फाँटमा कार्यरत एक जना कर्मचारीलाई कोरोना भाइरसको पुष्टि भएपछि अस्पतालको ईमरजेन्सी सेवाबाहेकका सबै सेवा बन्द गरिएको छ। लेखा फाँटमा कार्यरत ३८ वर्षीय एक कर्मचारीलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि जिल्ला अस्पातलको ईमरजेन्सी सेवाबाहेक अन्य सबै सेवा बन्द गरी अस्पताललाई सिल गरिएको हो।

जिल्ला स्वास्थ्य सेवा कार्यालयले मुगुबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाएका ६२ जनाको स्वाब सोमबार परीक्षण गर्दा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले जानकारी दिए। नगरकोटीका अनुसार पोजिटिभ देखिएका कर्मचारी अहिले अस्पताल भित्र उनी बस्दै आएको डेरामा राखिएको र उनीसँग सम्पर्कमा रहेका कर्मचारीलाई समेत एक हप्तासम्म अस्पातलकै सेल्फ क्वारेन्टाइनमा राखिने भएको छ। 

लेखापालको कन्ट्रयाक ट्रेसिङ गरेर सबैको पीसीआर परीक्षण गरिने र आजदेखि एक हप्तासम्म उनको सम्पर्कमा रहेका व्यक्तिलाई घरभन्दा बाहिर ननिस्कन सम्पर्कसमेत गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए।

आइतबार कोष तथा लेखा नियन्त्रण कार्यालयमा नयाँ लेखा प्रणालीबारे सामान्य छलफलमा सहभागी भएका जिल्ला स्वास्थ्य सेवा कार्यालयका ति कर्मचारीसंगै अन्य कार्यालयका लेखा फाँटका कर्मचारीसमेत सहभागी थिए। सहभागी सबै लेखापाल कम्तिमा एक हप्तासम्म आफ्नो घरबाट बाहिर ननिस्कन समेत कोष तथा लेखा नियन्त्रण कार्यालयले जानकारी गराएको छ। 

यसअघि खत्याड गाँउपालिकामा तीन जनामा कोरोना पोजिटिभ देखिएपनि अन्य पालिकाहरुमा शुन्य जस्तै रहेका थिए। खत्याड गाँउपालिकामा पोजिटिभ देखिएका तीन जनामध्ये दुई जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन्। एक जना महिला रातापानी आइसोलेसनमा बसेकी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.