दाङमा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण

दाङमा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण

दाङ : दाङमा एकै परिवारका ८ जनासहित १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका- ४ का एकै परिवारका ८ जनासहित ९ जना, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का १ जनामा कारोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए।  

संक्रमित हुनेमा ५ वर्षीय बालकदेखि ४२ वर्ष उमेर समुहका रहेका छन्। शान्तिनगरका संक्रमित सबै जना भदौ २ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेको उनले बताए। संक्रमित ११ जनालाई अहिले बेलझुण्डीको कोरोना विषेश अस्पताल लैजाने उनको भनाई छ। 

क्वारेन्टाइनमा बसेका ४० जनाको स्वाब परीक्षण गर्दा ११ जना नयाँ संक्रमित भेटिएका हुन्। शान्तिनगरमा  अहिले १२ जना सक्रिय संक्रमित रहेका छन्। आज थपिएका ११ जनासंगै कुल संक्रमितको संख्या ३५ पुगेको छ। यद्यपी २ जनाको जिल्ला बाहिर संक्रमण पुष्टि भएको संयोजक पुनले जानकारी दिए। 

यस्तै लक्ष्मी बैंक घोराही शाखाको एक्सटेन्सन काउण्टरमा कार्यरत तीन जनामा संक्रमण पुष्टि भएको छ। काउण्टरमा कायरत घोराही–१४ र १५ का तीन जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमितहरुमा केहि दिनदेखि कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गरिएकोमा तीनै जनामा संक्रमण पुष्टि भएको हो । उक्त काउण्टर बुधबारदेखि नै बन्द गरिएको बैकका घोराही शाखा म्यानेजर पदमकुमार केसीले जानकारी दिए। कर्मचारीमा खोकी र ज्वरोको लक्षण देखिएपछि आशंकामा स्वाब परीक्षण गरिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.