वीरेन्द्रनगरमा तीन दिन निषेधाज्ञा थपियो
सुर्खेत : कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा थप तीन दिन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत तथा सुचना अधिकारी पदमलाल लामिछानेका अनुसार भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ।
यस अघि वीरेन्द्रनगरका भदौ १ गतेदेखि ५ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर पुन : ९ गतेसम्म थप गरिएको थियो।
तर कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार निषेधाज्ञा थप गरिएको हो।