२१ नेपाली सेनाले जिते कोरोना
दाङ : दाङमा कोरोना पोजिटिभ देखिएका नेपाली सेनाले कोरोना जित्ने क्रम बढेको छ। १९ नं बाहिनी तुलसीपुरमा कार्यरत ३० जना सेनामा कोरोना देखिएको थियो। एकै दिन संक्रमित पहिचान भएका ३० जना नेपाली सेनाहरु मध्य २१ जनाले कोरोना जितेका छन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो पटक गरिएको परिक्षणमा २१ जनाको रिपोट नेगेटिभ आएको बाहिनीका सहायक बाहिनी पति अलिन सिंहले जानकारी दिए।
विभिन्न जिल्लाबाट तालिमका लागि आएका सेनाहरुमा कोरोना पोजिटिभ देखिए पछि बाहिनी भित्र उच्च सर्तकता अपनाएएको थियो। सेनाका ३० जनालाई सेनाकै आइसोलेशनमा राखेर उपचार गरिराखिएको अवस्थामा २१ जनाले कोरोना जितेको र ९जना उपचाररत रहेको सिहले बताए । कोरोना जितेका सेनाहरु नियमित काममा समेत फर्किसकेका छन\।