ब्राउन सुगरसहित तीन जना पक्राउ
दाङ : दाङमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। लमही नगरपालिका-२ श्रीगाउँस्थित ड्रिमल्याण्ड होटलबाट तीन जनालाई ३९ ग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
पक्राउ पर्नेहरुमा कपिलवस्तु शिवराज नगरपालिका २ का ४० वर्षीय शालिकराम सारुमगर, उनकी श्रीमती ३३ वर्षीया पार्वती र सोहि ठाउँका ३२ वर्षीय चन्द्रबहादुर बगाले मगर रहेको प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदावारले जानकारी दिए। सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक युवराज गौतमको कमाण्डमा सादा पोसाकमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट खैरो रङको धुलो पदार्थ ३९ ग्राम ब्राउन सुगर र उनीहरुले प्रयोग गरेको बा १२ च २११६ नम्बरको स्कारपियो गाडी बरामद गरेको छ।