इटहरीकी उपमेयर गुर्जो खोज्दै
इटहरी : इटहरी उपमहानगरपालिकाले आइसोलेसनमा रहेका कोरोना संक्रमिलाई गुर्जो बाँड्न थालेको छ । उपमेयर लक्ष्मी गौतमले जंगलबाट गुर्जो ल्याएर बाँड्न थालेकी हुन् । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई घरमै गएर भेटिरहेकी उपमेयर गौतमले जंगलबाट गुर्जो संकलन गरेर बाँड्न थालेको बताइन्। 'कोरोना भाइरस संक्रमितलाई संचो हुने प्रतिक्रिया पाएपछि र स्वास्थ्यकर्मीले पनि सिफारिस गरेपछि गुर्जो संकलन गरेर बाँड्न थालेका हौं,' उनले भनिन्, 'फलफूलसँगै गुर्जो पनि लगेर दिने गरिएको छ ।'
इटहरीमा तीन हजार बढीको स्वाब परीक्षण भइसकेको छ। जसमध्ये १०१ जनामा संक्रमण भेटिएको छ। धेरैजसो बिरामी होम आइसोलेसनमा छन् ।
प्रतिक्रिया दिनुहोस !
४