आयात घट्यो, निर्यात बढ्यो

आयात घट्यो, निर्यात बढ्यो

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक व्यापारमा सामान्य सुधार आएको छ। साउनमा व्यापार घाटा सुधार हुनुका साथै आयात र कुल वैदेशिक व्यापारमा पनि घटेको छ। निर्यात केही वृद्धि भएको छ। निर्यात घटेका कारण व्यापार घाटामा कमी आएको हो।

भन्सार विभागको तथ्यांकअनुसार आव २०७६।७७ को साउनको तुलनामा व्यापार घाटा २२.१७ अर्थात् २१ अर्ब ७० करोड रुपैयाँ कम भएको छ।

गत साउनमा नेपालको ७६ अर्ब १८ करोड ७९ लाख व्यापार घाटा भएको छ। अघिल्लो वर्ष यही महिना ९७ अर्ब ८८ करोड ८२ लाख घाटा थियो।

साउनमा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँको विभिन्न वस्तु नेपालमा आयात भएको थियो। गत वर्षको साउनमा १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात भएको थियो। नेपालले ९१ मुलुकसँग वैदेशिक व्यापार गर्र्दै आएको छ।

अघिल्लो वर्षको साउनको तुलनामा यो साउनमा ८.८६ प्रतिशतले निर्यात दर वृद्धि भएर ९ अर्ब ६२ करोड रुपैयाँको नेपालबाट विभिन्न प्रकारको उत्पादन निर्यात भएको थियो। अघिल्लो वर्षको साउनमा भने ८ अर्ब ८३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।

अघिल्लो वर्षको साउनको तुलनामा यो साउनमा १७.४२ प्रतिशतले गिरावट आएर कुल ९५ अर्ब ४२ करोड ८० लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ। अघिल्लो वर्षको साउनमा १ खर्ब १५ अर्ब ५६ करोड रुपैयाँको कुल वैदेशिक व्यापार भएको थियो। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८९.९२ र निर्यातको हिस्सा १०.०८ प्रतिशत छ।

आयात अवस्था

चालु आवको साउनमा सबैभन्दा बढी कृषिजन्य वस्तु आयात भएको छ। कृषिजन्य वस्तुको आयातमा १२ अर्ब ४६ करोड रुपैयाँ बिदेसिएको छ। कृषिजन्य वस्तुमध्ये सबैभन्दा बढी खाद्यान्न (धान, चामल, गहुँ, मकै, कोदो) ६ अर्ब रुपैयाँको आयात भएको छ। यस्तै फलफूल १ अर्ब ६१ करोड, कफी तथा चिया ७० करोड, माछा ७ करोड ८९ लाख, डेरीजन्य उत्पादन, अण्डा र मह १७ करोड ५४ लाख, पुष्पसम्बन्धी विभिन्न प्रकार बिरुवा ४६ लाख, तरकारी ३ अर्ब २४ करोड र मासु ८८ लाख रुपैयाँको आयात भएको छ।

यसैगरी इन्धन र बिटुमिन ८ अर्ब ८४ करोड ८० लाख, खानीजन्य वस्तु १ अर्ब १० करोड, औषधि १ अर्ब ८८ करोड, रासायनिक मल १ अर्ब २३ करोड , केमिकल १ अर्ब ५७ करोड र प्लास्टिक ३ अर्ब ४८ करोडको आयात भएको छ। आइरन तथा स्टिल ६ अर्ब ५४ करोड, आइरन तथा स्टिलका सामग्री १ अर्ब १७ करोड, बोइलर र मेसिनरी ५ अर्ब ७२ करोड, विद्युतीय उपकरण ८ अर्ब २९ करोड, सवारीसाधान ४ अर्ब ५३ करोड, सेनाका हातहतियार १ अर्ब ७४ करोड रुपैयाँको आयात भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.