नवलपरासीमा १५ गतेसम्म निषेधाज्ञा

नवलपरासीमा १५ गतेसम्म निषेधाज्ञा

परासी : जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले निषेधाज्ञाको समयलाई बढाएर भदौ १५ गतेसम्म पुर्‍याएको छ। साउन ३१ देखि लागू भएको निषेधाज्ञाको समय थप गरेको यो तेस्रो पटक हो।  

जिल्ला सुरक्षा समिति, राजनीतिक दलका प्रतिनिधि, संघीय तथा प्रदेश सभा सदस्यलगायत बुधबार परासीमा बसेको सर्वदलीय बैठकले समुदायमा कोरोना संक्रमणको अवस्था फैलँदो रहेकाले निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए। त्यसैगरी यसअघि हरेक स्थानीय तहमा निर्माण गरिने भनिएको ५० बेडको आइसोलेसनलाई कार्यान्वयन गर्ने निर्णयसमेत भएको छ। 

७ स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले ८ देखि २५ बेडसम्मको आइसोलेसन बनाएका छन्। अधिकांश स्थानीय तह आइसोलेसन सुविधायुक्त नभएको गुनासो छ। संक्रमितको संख्या बढ्दै गएकाले सबै स्थानीय तहको समन्वयमा भेन्टिलेटर व्यवस्थासहितको आइसोलेसन बनाउन प्राविधिक अध्ययन गर्ने सर्वदलीयले निर्णय गरेको प्रजिअ पाठकले बताए। 

निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट गर्न र अनावश्यक रुपमा हिंडडुल गर्न पाइने छैन। बैंक तथा वित्तीय संस्थाले अति आवश्यक भएका व्यक्तिलाई सेवा दिनका लागि कुनै एक कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर काम गर्न सक्ने व्यवस्था मिलाइएको छ। जिल्लामा दिनहुँ संक्रमितको संख्या थपिंदै गएको छ। हालसम्म १ सय ९५ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताए। ५ सय ३० जनाको पीसीआर रिपोर्ट आउन अझै बाँकी छ।  कोरोनाका कारण एक जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.