झापामा स्थानीय र प्रहरीबीच झडप : गोली लागेर एकको मृत्यु

झापामा स्थानीय र प्रहरीबीच झडप : गोली लागेर एकको मृत्यु

 झापा : झापा गाउँपालिका-३ को कामाटोली बजारमा गोली चल्दा १ जनाको मृत्यु भएको छ। 

स्थानीयले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागेर कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो। 

घाइते आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारको क्रममा बुधबार साँझ सवा ७ बजे मृत्यु भएको हो। 

स्थानीयले गोरु काटेको सूचना पाएर प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले स्थानीयलाई पक्राउ गर्न जाँदा झडप भएको थियो। 

प्रहरीको टोलीले काटिएको गोरुको टाउको र खुट्टा बरामद गरेर फर्कने क्रममा स्थानीय आक्रोशित भएर प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। 

स्थानीयको आक्रमणपछि थप प्रहरी टोली घटनास्थलमा गएको थियो। सयौँको संख्यामा स्थानीयले टायर बालेर प्रहरीमाथि आक्रमण गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा स्थानीय एकजनाको मृत्यु भएको प्रहरीको भनाइ छ। 

प्रहरीको गोली लागेर एकको मृत्यु भएपछि कामाटोली बजार तनावग्रस्त रहेको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले जानकारी दिए।  
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.