बागलुङमा थप ८ जनामा कोरोना

बागलुङमा थप ८ जनामा कोरोना

बागलुङ : बागलुङमा बिहीबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको पोखरामा गरिएको पीसीआर परीक्षणमा उनीहरुलाई संक्रमण देखिएको हो। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ९२ पुगेको छ। जसमा २ सय ६१ जना निको भएर घर फर्किएका छन्। 

यसअघि गत साता बागलुङ नगरपालिका ३ की एक महिला व्यवसायीमा कोरोना देखिएपछि बागलुङ बजारमा उनको कन्ट्याक्ट ट्रेसिङबाट एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो। स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार कन्ट्याक ट्रेसिङमा ४८ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा बिहीबार ८ जनाको रिपोर्ट पोजिटिभ आएको छ। कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु १ वर्षदेखि ३४ वर्ष उमेर समुहका छन्। जसमध्ये बागलुङ नगरपालिकाका ६ जना र काठेखोला गाउँपालिकाका २ जना रहेको गुरौले बताए।

बागलुङ नगरपालिका भित्र समुदाय स्तरमा संक्रमण फैलिएपछि संक्रमणको दर पनि बढेको छ। संक्रमण जोखिम बढेपछि पछिल्लो ९ दिन यता बागलुङ नगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.