'एम्बुलेन्स मर्मत गर्नै मान्दैनन्, बिरामी कसरी बोक्ने ?'

'एम्बुलेन्स मर्मत गर्नै मान्दैनन्, बिरामी कसरी बोक्ने ?'

परासी : पछाडिको टायरमा समस्या आएपछि पश्चिम नवलपरासीका एम्बुलेन्स चालक कृष्ण सहानी बुधबार दिउँसो एम्बुलेन्स मर्मत गर्न बुटवलस्थित मैनाबगर पुगे । बिरामी छोडेर फर्कने क्रममा गाडीमा समस्या आएपछि मर्मतका लागि ग्यारेज क्षेत्रमा जाने क्रममा प्रवेश गर्ने स्थानबाटै फकाइएको सहानीले बताए । 

कोरोना संक्रमित बिरामी बोक्ने भन्दै एम्बुलेन्सलाई ग्यारेज क्षेत्रमा प्रवेश गर्न नदिएको उनको भनाइ छ ।  मैनाबगरमा सवारीसाधनको मर्मत तथा अन्य काम गर्न ग्यारेजहरु छन् । ग्यारेज क्षेत्रमा प्रवेश गर्न नदिएपछि नेपालगञ्ज रोडमा मिस्त्री बोलाएर एम्बुलेन्स बनाएर फर्केको सहानीले बताए । 

सरकारले कुनै पनि एम्बुलेन्स चालकलाई स्वास्थ्य सामग्रीसमेत उपलब्ध नगराएको उनले बताए । 'सरकारले बिरामी नबोक्ने एम्बुलेन्सलाई कारबाही गर्ने भन्छ । बिग्रिएको छ भन्दा बहाना बनाएको भन्छ,' मर्मत गर्न ग्यारेजवाला मान्दैनन् । एम्बुलेन्स बिग्रिएपछि बिरामी कसरी बोक्ने ? हामी दोहोरो चपेटामा पर्‍यौं।'

संयुक्त एम्बुलेन्स चालक संघ नवलपरासीका जिल्ला अध्यक्षसमेत रहेका सहानीले गुनासो गरे । लामोदुरीमा जाँदा पानी किन्न जाने क्रममा पसलेहरुले कोरोना संक्रमित बोक्छन् भन्दै पानी समेत नदिएको तितो अनुभव सहानीले सुनाए । 

सुनवल नगरपालिकाले स्थानीय स्तरमा बनाइएका केही थान पीपीइ र प्रदेश ५ को उद्योग वाणिज्य महासंघले पञ्जा र ग्लोब्स  दिएपनि त्यसबाहेक संघदेखि स्थानीय कुनै पनि सरकारले आफूहरुलाई सहयोग नगरेको उनको गुनासो छ । 'पीपीइको त कुरै नगर्नुस्, सामान्य मास्क र पञ्जासमेत पाइएको छैन । केही साथीहरुले चिनेका सँग मागेका छन् । केहीले आफैले किनेर काम चलाएका छन्, ' उनले भने ।

जिल्लामा २५ वटा एम्बुलेन्स छन् । तीमध्ये पृथ्वीचन्द्र जिल्ला अस्पताल, सरावल र पाल्हीनन्दन गाउँपालिकाको एम्बुलेन्स कोरोना संक्रमित बिरामी बोक्दै आएका छन्। एकपटक बिरामी बोकेपछि एक हप्तासम्म सेनिटाइजर गरेर एम्बुलेन्स राख्ने गरिएको छ । सरकारकै निर्देशन बमोजिम जिल्लाका अधिकांश एम्बुलेन्सलाई पाटेसन गरेर चलाएको उनले बताए ।

आफ्नो स्वास्थ्यको समेत वास्ता नगरी संक्रमितलाई बोक्दा समेत कसैले सहयोग नगर्दा चालक दुःखित भएको उनको गुनासो छ । प्रयाप्त स्वास्थ्य सामग्रीसहितको सुरक्षा व्यवस्था गरिदिन चालकहरुले सरकारसँग माग गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.