मृत्युको चार दिनसम्म रिर्पोट नआउँदा मृत्यु संस्कार रोकियो

मृत्युको चार दिनसम्म रिर्पोट नआउँदा मृत्यु संस्कार रोकियो

उदयपुर : त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा उपचारका क्रममा मृत्यु भएका उदयपुरका ५१ वर्षीय एक शिक्षकको चार दिनमासमेत कोरोना रिर्पोट नआउँदा मृत्यु संस्कारमा अफ्ट्यारो परेको छ । 

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि गत मंगलबार (भदौ ९ गते) त्रिविमा भर्ना भएका त्रियुगा नगरपालिका ४ का शिक्षक हस्पिटलमा भर्ना भए लगत्तै चिकित्सकले मृत्यु घोषाणा गरेको थियो । मृत्यु भएको चार दिन बित्न लाग्दासमेत रिर्पोट नआएपछि परिवारका सदस्यसँगै आफन्तहरु त्रासमा रहेका छन् । 'बिहीबार बेलुकादेखि अपुष्टरुपमा कोरोना पोजिटिभ आयो भन्ने हल्लाले परिवार, छिमेकी र आफन्त आतंकित भएका छौं, 'आफन्त केन्द्रकुमार राउतले भने, 'पोजिटिभ हो भने रिर्पोट दिनुपर्यो हैन भने शव सदगद गर्न दिनु पर्यो, अल्झाएर राख्नु भएन ।'

'रिर्पोट पोजिटिभ आयो भने सेनाले सदगद गरिदिए भै गो नी,' उनले भने, 'किन अल्झाउनु चार दिनदेखि सबै त्रासमा र श्रीमती, दुई भाग छोरा भोकै बसेका छन् ।' रिर्पोट नदिएकैकारण उनको शव अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ । अस्पतालले भने स्वास्थ्य विभागका टोलीसँगको छलफलपछि मात्र रिर्पोट दिन मिल्ने बताए । रिर्पोटमा ढिलाई हुँदा उनले जिल्लामा उपचार गरेका ठाउँ, भेटन आएका आफन्त र बिद्यालय परिवार अति जोखिममा रहेको राउतले बताए । 

यो परिस्थितिमा अकास्मात मृत्युको खबरले धेरै ठाउँबाट कोरोनाले मृत्यु भएको हो भन्दै फोन आउने र जवाफ दिँदा हैरान भएको उनको भनाइ छ । संक्रमितको मृत्युको खवर अहिलेसम्म नआएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

उनले सम्बन्धित निकायबाट पुष्टि भएर आएपछि एकिन गर्न सकिने यधपि सम्बन्धित क्षेत्रमा निगरानी बढाई सर्वसाधरणको आउजाउमा कडाइ गर्ने र कन्ट्रयाक ट्रेसिङ्ग सुरु गर्ने बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.