विप्लवका बागलुङ जिल्ला सदस्य चैतन्य पक्राउ

विप्लवका बागलुङ जिल्ला सदस्य चैतन्य पक्राउ

बागलुङ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा बागलुङका जिल्ला सदस्य केशव न्युरे चैतन्यलाई प्रहरीले पक्राउ गरेको छ। पार्टीको ताराखोला गाउँ जनपरिषद प्रमुख समेत रहेका निउरेलाई बिहीबार राति उनकै घरबाट प्रहरीले पक्राउ गरेको परिवारले जनाएको छ। निउरेको घर ताराखोला गाउँपालिका वडा नम्बर ५ मदमडाँडा हो।

पार्टी जिल्ला सदस्य तथा गाउँ परिषद प्रमुख भए पनि पछिल्लो समय न्युरे पार्टी गतिविधिमा सक्रिय नभएको चर्चा थियो। बेलुका खाना खाएर घरमै बसेका बेला प्रहरी पोशाक बिना आएको प्रहरिले राती ८ बजे पक्रेर लगेको उनकी श्रीमती सरस्वती कंडेल न्युरेले जानकारी दिइन्। उनले आफ्ना श्रीमान कुनै प्रतिबन्धित गतिविधिमा नलागेको र राजनीतिक आस्था राखेकै आधारमा प्रहरी प्रशासनले दुख दिएको भन्दै तत्काल रिहाई गर्ने वातावरण मिलाईदिन प्रशासन तथा अधिकारकर्मीसँग माग गरेकी छन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र रेग्मीले पनि पक्राउ गरेको पुष्टि गरे। विप्लव नेतृत्वको नेकपाको चन्दा संकलनमा सम्लग्न रहेको उजुरीका आधारमा पक्राउ गरिएको र अनुसन्धान जारी रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.