नदीजन्य पदार्थको चोरी बढ्यो

नदीजन्य पदार्थको चोरी बढ्यो

परासी : पश्चिम नवलपरासीका स्थानीय तहहरुका खोलाहरुबाट नदीजन्य पदार्थको चोरी निकासी कार्य बढेको छ। निषेधाज्ञाको मौका छोपेर बालुवा, मिस्कट र ढुंगाको चोरी निकासी बढेको हो।

अधिकांश स्थानीय तहहरुले समेत चोरी नियन्त्रणतर्फ चासो नदिदा उक्त कार्य बढेको छ। त्यसरी चोरी गरेर ल्याइएका नदीजन्य पदार्थ विभिन्न स्थानमा स्टक गरेर राख्ने गरिएको छ। खोलाहरुमा ठेक्का नलगाएको अवस्थामा चोरी गरेर ल्याइएका त्यस्ता नदीजन्य पदार्थ महङोमा बिक्री गर्ने गरेको समेत पाइएको छ।

यसैबीच नदीजन्य पदार्थ चोरी गरेर लैजादै गरेको अवस्थामा प्रहरीले ७ वटा ट्याक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामग्राम नगरपालिकाको झरही र तुरीया खोलाबाट २ वटा ट्याक्टर छन्। त्यस्तै पाल्हीनन्दन गाउँपालिकास्थित पिपरहियाको झरही खोलाबाट चोरी गरेर नदीजन्य पदार्थ लैजादै गरेको अवस्थामा ५ वटा ट्याक्टर पक्राउ गरिएको गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले जानकारी दिए। पक्राउ परेका सबै ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहहरुमा पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.