समुदायमा कोरोना देखिएपछि दाङमा परीक्षण बढाइयो

समुदायमा कोरोना देखिएपछि दाङमा परीक्षण बढाइयो

दाङ : समुदाय स्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि दाङमा पीसीआर परीक्षणको लागि ‘अन द स्पर्ट’ स्वाब संकलन थालिएको छ। दाङमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थानीय सरकारको अगुवाइमा परीक्षण बढाउन थालिएको हो। 

तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका समुदायस्तरमा कोरोनो संक्रमण देखिएको पुष्टि भएपछि जिल्लामा उच्च सर्तकता अपनाउन र समुदायको वास्तविक अवस्था बुझन स्थानीय सरकार सक्रियता देखाउन लागेका हुन्। 
 

यहि अवस्थालाई  हेरेर तुलसीपुर उपमहानगरपालिकाले नगरको समुदायस्तरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमै नमुना खालको अभियान सुरु गरेको छ। 

शुक्रबारदेखि ‘अन द स्पर्ट’ स्वाब संकलन सुरु गरेको छ। नगरको स्वास्थ्य शाखा, विपद व्यवस्थापन शाखाको अगुवाइमा तुलसीपुरका चौक—चौकमा स्वाब संकलन गरिएको छ। 

समुदायमा संक्रमणको यथार्थ अवस्था बुझन हामीले रेन्डमली ‘अन द स्पर्ट’ स्वाब संकलन अभियान चलाएका छौँ’, तुलसीपुर उपमहानगरपालिका विपद् शाखा प्रमुख भीमप्रकास खत्रीले भने, ‘यो हाम्रो अभियान नेपालमै पहिलो हो भन्ने लागेको छ। विपन्न, गरीब र गरिखाने वर्गसम्ममा पीसीआर परीक्षण पुर्‍याउन र समुदायलाई सचेत गराउन यस्तो गरिएको उनले बताए। यो अमुना अभियान हो’, उनले भने, ‘हामीले उहाँहरुकै घर दैलोमा पुगेर परीक्षण गर्न लागेका छौँ, भीडभाड हुने ठाउँमा परीक्षण गरिरहेका छौँ, त्यहाँ कोरोना छ छैन भनेर अब वास्तविकता आउने छ।’

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षण तथा कोरोना फोकल पर्सन विमल केसीले बजार क्षेत्रका भीडभाड हुने क्षेत्र, र त्यससँग सम्बन्ध व्यक्तिलाई परीक्षणको दायरामा ल्याउन लागिएको बताए। 

तुलसीपुरमा ४ वटा कोरोनाका केस सामुदायिक स्तरको देखिएपछि प्रत्येक चौकमा ८/१० जनाको स्वाब संकलन गरिराखिएको जनस्वास्थ्य निरीक्षक केसीले बताए। अहिलेसम्म तुलसीपुरमा स्याम्पलिङको रुपमा ३ सयजना समुदायका व्यक्तिको पीसीआर परीक्षण गरिसकिएको बताए। 

सडक व्यापारी रामकली सुनारले एकाएक आएर कोरोना परीक्षण भइएकोमा आश्चार्य लागेको बताइन। ‘मलाई यो जाँच गराउँन मन त लागेको थियो,’ उनले भनिन्, ‘कहाँ र कसलाई गएर भन्ने थाहा थिएन। आज आफैँ आएर परीक्षण गर्नुभयो खुशी लागेको छ।’ दाङमा अहिलेसम्म ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.