तुलसीपुरमा चिकित्सकसहित ९ जनामा कोरोना, अस्पताल सिल गर्ने तयारी

तुलसीपुरमा चिकित्सकसहित ९ जनामा कोरोना, अस्पताल सिल गर्ने तयारी

दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत दुई जना चिकित्सकसहित ९ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार आएको पीसीआर रिपोर्ट अनुसार अस्पतालमा कार्यरत दुई जना विषेशज्ञ चिकित्सक, ४ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो।

समुदाय स्तरमा कोरोना संक्रमण बढेपछि दाङमा समुदाय स्तरमा परिक्षण बढाइएको अवस्थामा अस्पतालमा कोरोना संक्रमन भेटिएको हो। प्रादेशिक अस्पतालमा अन्य विरामीहरुको उपचार हुदै आएको छ। योसहित दाङका शुक्रबार १६ जनामा कोरोना संक्रमन देखिएको छ। संक्रममित चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाने तयारी गरिएको छ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई कोरोना संक्रमण देखिए पछि अस्पतालको सेवा प्रवाह रोकिने भएको छ। अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले अवस्था हेरेर कन्ट्राक्ट ट्रेसिङ गरिदा सम्ममा अस्पताल पूर्ण रुपमा सिल गर्नु पर्ने अवस्था देखिएको बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.