कोरोना चपेटामा प्रदेश- २ : ८४ जनाको मृत्यु, ९७ सय ९५ संक्रमित, ९० हजारको परीक्षण
पशुपतिनगर: प्रदेश २ मा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो क्रममा छ। कोभिडको चरम प्रहार खेपिरहेको प्रदेश–२ मा हालसम्म ८४ जनाले ज्यान गुमाइसकेका छन्। ९ हजार ७ सय ९५ जना संक्रमित छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ३३ जना र सबै भन्दा कम सरलाही -रौतहटमा ३/३ जनाको ज्यान गएको छ ।
प्रदेश-२ मा हालसम्म ९० हजार ६ सय ४३ जनाको कोरोना परीक्षण गरिएको तथ्यांक छ।