‘डुब्नलाग्यो व्यवसाय’

‘डुब्नलाग्यो व्यवसाय’

चितवन : लकडाउनका कारण चितवनको अर्थतन्त्र धरासयी बनेको छ। विकल्प बिनाको निषेधाज्ञाले व्यवसाय डुब्न लागेको व्यवसायी बताउँछन्। लगातारको निषेधाज्ञाले आर्थिक क्षेत्र धरासयी बनेको हो। जिल्लाको पोल्ट्री, पर्यटन र कृषि क्षेत्र बढी प्रभावित छ।

कोरोना भाइरस संक्रमणको जोखिमले कहिले लकडाउन र कहिले निषेधाज्ञा जारी गर्दा अर्थतन्त्र ठप्प भएको छ। व्यवसाय नै चौपटक भएपछि विकल्पको खोजी गर्न उद्योगी व्यवसायीले माग गरेका छन्। लकडाउनले पर्यटन व्यवसाय धरासयी भएको मेघौलीको होटल साराङ वाइल्डलाइफ स्याङ्चुरीका सञ्चालक सुवोध प्रधानले बताए। ‘जति लम्बिन्छ यसले त्यति नै पछिका दिनसम्म धक्का पुगिसकेको छ’प्रधानले भने, ‘विकल्प बिनाको निषेधाज्ञा ठीक होइन, कति दिनसम्म पर्खने त ?’ उनले निकासको बाटो खोज्न सरकारलाई आग्रह गरे।

स्थानीय स्तरमा भनिए पनि जिल्लाको सबै पालिकमा निषेधाज्ञा गरिएको छ। व्यवसाय पूर्ण बन्द हुँदा समयमा ऋण तिर्न सक्ने अवस्था अधिकांश व्यवसायीको छैन। सबैभन्दा ठूलो समस्या पोल्ट्रीमा छ। नेपाल दाना उद्योग संघका केन्द्रीय वरिष्ठ उपाध्य शंकर कँडेलले निषेधाज्ञा संक्रमण भगाउने उपाय नभएको बताए। ‘होटल र पार्टी प्यालेस बन्द छ, अनि व्यापार कसरी हुन्छ त ? ’, कँडलेलले भने, ‘अहिले नाफाको व्यापार शून्य छ, कतिञ्जेलसम्म कुर्ने भन्ने मात्रै हो।’

दैनिक २१ करोड पोल्ट्री व्यवसायमा घाटा रहेको कँडेलले बताए। उनका अनुसार अहिले चल्लाको बिक्री १० प्रतिशत मात्रै छ। बिक्री नभएपछि उत्पादन गरिएका कुखुराका चल्ला मारेर गाड्ने अवस्था छ। कुखुरा र अण्डाको बिक्री २५ प्रतिशत मात्रै छ।

व्यवसायको लागि सहजवातावरण नहुँदा जिल्लामा लकडाउनको प्रभावमा अर्थतन्त्र थिलोथिलो भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. तिलचन्द्र भट्टराईले लकडाउन समस्याको समाधान नभएको बताए। राज्यले सजगता र सतर्कतामा कडाइ गरेर व्यवसाय सञ्चालन गर्न विकल्प दिनुपर्ने बताए।

सबैभन्दा मारमा परेको अर्को क्षेत्र पर्यटन हो। धेरै पर्यटक आवागमन हुने चितवनका होटल खाली छन्। मेघौली, सौराहा, पटिहानी, क्षेत्रमा पर्यटकीय होटल छन्। होटल र रेस्टुरेन्ट बन्द हुँदा पोल्ट्रीजन्य उत्पादनको बिक्री हुन सकेको छैन। करिब ७० वर्षभन्दा लामो जिल्लाको आर्थिक क्षेत्र यसपटक सबैभन्दा बढी धरासयी बनेको हो। क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरे सरकार निश्चित मापदण्ड बनाएर वातावरण खुला गर्नुपर्ने धारणा राख्छन्। ‘मापदण्डलाई कडाइ गरेर पर्यटन व्यवसाय चलाउनुपर्छ’, उनले भने, ‘सधैं बन्द मात्रै निकास होइन, विकल्प खोज्न सक्नुपर्छ।’

भरततपुर महानगर क्षेत्रभित्र साउन ३० गते रातिदेखि जारी निषेधाज्ञा शनिबार रातिदेखि दोस्रो साता पूरा भएको छ। अन्य ६ वटा नगरपालिका र इच्छाकामना गाउँपालिकामा दोस्रो चरणमा निषेधाज्ञा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.