‘सक्नेले दिएर जाऔं, नसक्नेले लिएर जाऔं’ अभियान सुरु
बागलुङ : बागलुङ बजारमा ‘सक्नेले दिएर जाऔं, नसक्नेले लिएर जाऔं’ हातेमालो अभियान सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण दैनिक जिविकामै समस्या हुन थालेपछि मजदुर र विपन्न समुदायका नागरिकलाई लक्षित गरी लियो क्लव अफ बागलुङ कालिकाले अभियान सुरु गरेको हो ।
क्लबले सञ्चालन गरेको अभियानमा खाद्यान्न हुनेले दिएर जाने र नहुनेले लिएर जानसक्ने क्लबका अध्यक्षसन्देश बोगटीले बताए । अभियान अन्र्तगत पहिलो दिन बजारको जीप पार्कबाट ४३ जनाले राहत सामग्री लगेको अध्यक्ष बोगटीको भनाई छ ।
अभियानमा चामल, दाल, तेल लगायतको प्याकेज तयार गरिएको छ । केही दाताबाट खाद्यान्न सामग्री संकलन सुरु गरिएको अभियानमा स्वतःस्फूर्त सहयोग दिने क्रम पनि उत्साहजनक रहेको कार्यक्रम संयोजक रामप्रसाद घिमिरले जानकारी दिए । संकटको समयमा कुनै पनि नागरिक भोकै बस्न बाध्य नपरुन् भन्ने अभिप्रायले यस्तो अभियान थालिएको गरिएको क्लबले जनाएको छ ।
अभियानका क्रममा सोमबा लोकतान्त्रिक चोकमा कार्यक्रम गरिने र प्राप्त सहयोग अनुसार यसलाई निरन्तरता दिइने कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए ।