नासिँदै एकसिंगे गैंडा

नासिँदै एकसिंगे गैंडा

गुलरिया : विश्वमै लोपोन्मुख अवस्थामा पुगेका एकसिंगे गैंडाहरुको प्राकृतिक रुपमा मृत्यु हुनेक्रम बढेसँगै नासिने चिन्ता थपिएको छ । गैंडाका कोटोहरु (बच्चा) बाघको आक्रमणलगायत वयस्क गैंडाहरु प्राकृतिक कारणले मर्न थालेपछि नेपालमा गैंडाको दीगो संरक्षणका लागि तत्काल पहल गर्नुपर्ने आवश्यकता महशुस गर्न थालिएको छ ।

पछिल्लो समय सन् २०१५ मा गरिएको गैंडा अनुगमनका क्रममा बर्दिया राष्ट्रिय निकुञ्जमा २९ वटा गैंडा गणना गरिएका थिए । त्यसपछि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जबाट निकुञ्ज भित्रको बबइ उपत्यकामा दुई पटक गरी ८ वटा गैडा  स्थानान्तरण गरेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले भने पछिल्लो गैंडा गणनापछि सन् २०२० सम्म ५ वर्षको अवधिमा बर्दियामा १४ वटा गैंडा प्राकृतिक कारणले मरेका छन् । गैंडाको प्राकृतिक मरणको सुस्म अध्ययन गर्नुपर्ने आवस्यकता बढ्दै गएको छ ।

गैंडाको चोरी शिकार शून्य छ । तर प्राकृतिक मृत्युको तथ्यांक डरलाग्दो देखिन्छ । बबई उपत्यकामा स्थानान्तरण गरिएका ८ वटा गैंडाहरुबाट ३ वटा बच्चा जन्मिए । जसमध्ये एउटा वयस्क गैंडा कर्णाली तटीय क्षेत्रमा पुगेको र केही गैंडा बाघको आक्रमणलगायत प्राकृतिक कारणबाट मरेको बताए । गैंडाको प्राकृतिक मरणले चिन्ता थपिदिएको छ । उनले थपे गैंडाको दीगो संरक्षणका लागि समयमै सक्रियता बढाउनुपर्छ । पछिल्लो गैंडा गणनाअनुसार चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लामा ८ र पर्सामा ३ वटा गरी नेपालमा ६ सय ४५ वटा एकसिंगे गैंडा छन् ।    

विश्वमै संवेदनशील प्रजाती मानिने लोपोन्मुख एकसिंगे गैंडा कोरोना भाईरस (कोभिड-१९) नियन्त्रणका लागि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण राष्ट्रिय रुपमा अनुगमन हुन नसक्दा यसको दीगो ब्यवस्थापनमा चुनौती थपिन थालेको छ । 

बर्दिया, चितवन, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायत आसपासका मध्यवर्तीक्षेत्र स्थित सामुदायिक बनका वासस्थानहरुमा रहेका गैंडाहरुको राष्ट्रिय रुपमै गणना तथा अनुगमन नगर्दा यसको यकिन संख्या, बासस्थानसँगै आहारा ब्यवस्थापनमा चुनौती थपिएको हो । सरकारले प्रत्येक ५ वर्षमा गैंडा गणना गर्दै आएको थियो ।

गत चैत्र महिनाको सुरुवातसँगै राष्ट्रिय रुपमै देशभरीका गैंडाका बासस्थान क्षेत्रहरुमा अनुगमन गर्दै गैंडा गणना गर्ने तयारी गरिएको भएपनि महामारीका रुपमा फैलिरहेको कोभिड-१९ संक्रमणका कारण गणना स्थगित हुन गएको छ ।

 तर निकुञ्जहरुको आन्तरिक रुपमा नियमित गरिने गैंडा अनुगमन भने रोकिएको छैन । बर्दिया राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको सहकार्यमा बर्दियामा पहिचानमा आधारित गैंडा अनुगमन गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए । 

अनुगमनका क्रममा बर्दियामा ३७ वटा गैंडा भेटिएका छन् । अनुगमनका क्रममा ३० वटा गैंडा कर्णाली तटीय क्षेत्रमा र बाँकी बबईलगायतका क्षेत्रमा भेटिएका छन् । कर्णाली नदी तटीय क्षेत्रमा ४ वटा पोस्ट तथा बबई क्षेत्रमा एउटा पोस्टमार्फत पहिचानमा आधारित गैंडा अनुगमन गरिएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज चितवन पछिको गैंडा संरक्षणका लागि उपयुक्त मानिन्छ । निकुञ्जभित्र बबई नदी तटीयक्षेत्र भन्दा कर्णाली नदीतटीय क्षेत्र गैंडाको उपयुक्त वाससस्थान बन्दै गएको छ । अधिकृत श्रेष्ठले भने बबई तटीय क्षेत्र पनि गैंडाको वासस्थानका लागि उपयुक्त मानिए पनि आहारालगायत पानीपोखरीको दीगो व्यवस्थापन गर्नु आवश्यक छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.