नवलपरासीमा निषेधाज्ञा हट्यो, सार्वजनिक यातायात भने नचल्ने

नवलपरासीमा निषेधाज्ञा हट्यो, सार्वजनिक यातायात भने नचल्ने

परासी : जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले साउन ३१ देखि जारी गरेको निषेधाज्ञा हटाएको छ । तर केही क्रियाकलापमा भने बन्देज लगाएको छ । स्थानीय तहका प्रमुखहरुसँग सोमबार गरिएको भर्चुअल बैठकको रायअनुसार जिल्लाको अवस्थालाई केही खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । 

जिल्लाको अवस्थालाई खुकुलो बनाइए पनि सार्वजनिक यातायात, शैक्षिक संस्था भेला, गोष्ठी सेमिनारलगायत सर्वसाधारणको भीडभाड हुने स्थानलाई निषेध गरिएको छ । निजी सवारी साधन अत्यावश्यक कामबाहेक चल्न पाउने छैनन् । यो निषेध भदौ १६ देखि २० गतेसम्म लागू हुने छ । 

जनसम्पर्क बढी हुने सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम जनशक्ति परिचालन गरी अत्यावश्यक काम गर्न पाउने छन् । सर्वसाधारणको भीड हुने नापी, मालपोत कार्यालयको काम भने तत्काल सुरु नहुने प्रमुख जिल्ला अधिकारी पाठकले जानकारी दिए ।

जिल्लाका होटल तथा अन्य पसल,व्यवसाय सञ्चालनका लागि भने सम्बन्धित पालिकाहरुको निर्णयअनुसार हुनेछ । यसैबीच जिल्लाको अवस्थालाई सामान्य बनाइए पनि सुनवल नगरपालिका क्षेत्रका कुनै पनि पसल व्यवसाय नखुल्ने नगर प्रमुख भीम बहादुर थापाले जानकारी दिए । अन्य पालिकाहरुले भने बैठक बसेर निर्णय गर्ने जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.